२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम बचत सहकारीको २० औँ साधारणसभा सम्पन्न,उत्पादन र रोजगारलाई जोड दिऔँ – उपमेयर चौधरी

२०७९ आश्विन ८, शनिबार प्रकाशित ( साल अघि) ४०६ पाठक संख्या

दैनिक 24 खवर
परासी, ८ असोज । रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले सहकारीहरु बचत र ऋणको कारोबारमा मात्र सीमित हुन नहुने बताउनुभएको छ । उहाँले सीपमूलक र आयमूलक कार्यक्रम गरी सहकारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
परासीस्थित रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उपमेयर चौधरीले सीपमूलक तालिम सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । सहकारी उत्पादन र रोजगारसँग जोडिनुपर्ने भन्दै उहाँले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका तत्पर रहेको उल्लेख गर्नुभयो ।

Rs2

उहाँले नगरका १८ वटै वडामा कार्यक्षेत्र विस्तार गरी रामग्राम बचत तथा ऋण सहकारीलाई नगरकै नमूना र उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्न आग्रह गर्दै त्यसको लागि आफूले सक्दो सहयोग गर्ने पनि उल्लेख गर्नुभयो ।
रामग्राम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिको तर्फबाट सचिव मोहन पौडेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति र कार्यक्रम, कोषाध्यक्ष चन्द्रमणि चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा आगामी बजेट र लेखा समितिको तर्फबाट सदस्य अमरदीप गुप्ताले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ । संस्थाको विनियम संशोधन तथा विभिन्न नीतिहरु पनि पारित गरेको छ ।
रामग्राम सहकारीमा २२४ जना शेयर सदस्य रहेका छन् भने गत आर्थिक वर्षमा रु एक करोड ८४ लाख ६१ ह्जार बरावरको कारोबार गरी संस्थाले रु आठ लाख ८० हजार ७२३ शुद्ध मुनाफा आर्जन गर्न सफल भएको अध्यक्ष ठाकुरले बताउनुभयो । साधारण सभाको अवसरमा सहकारीका संस्थापक अध्यक्ष सुमनगोपाल आचार्य, पूर्व अध्यक्षहरु मेघराज गौतम र राजकुमार रेश्मीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचतकर्ताको रुपमा मिथुन कंहार, निरज ज्ञवाली, नेमा कंहार,स्मारिका गौतम,जमोत्रि बानिया,ममता गाहा,अनिरुद्र ठाकुर र राजेन्द्र क्षेत्री खड्कालाई पुरस्कृत गरिएको थियो ।

Rs3

असल ऋणीको रुपमा सञ्जय शर्मा,सागरसिंह केसी,पूजा राना, योगेन्द्र थापा,बिमला पाण्डे,धीरज खरेल र प्रदीप चौधरी तथा उत्कृष्ट बालबचतकर्ताको रुपमा रिजन ज्ञवाली,सृष्टि गौतम,सफल गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष सुमनगोपाल आचार्य,सञ्चालक सदस्य मुक्तिप्रसाद पौडेल,शेयर सदस्यहरु तोरेन्द्र जिसी,विनिता खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस