२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रसको प्रदेश अधिवेशन नवलपरासीमा,निष्पक्षता र तटस्थता कायम राख्न मन्त्री चौधरीको आग्रह

२०७९ आश्विन १, शनिबार प्रकाशित ( साल अघि) ३५८ पाठक संख्या

मोहन पौडेल
परासी, १ असोज । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको आतिथ्यमा आयोजना गरिएको प्रदेश अधिवेशनको आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री ईन्नद्रजीत थारुले उद्घाटन गर्नुभयो ।
मन्त्री चौधरीले मानवीय सेवामा रेडक्रसको भूमिका महत्वपूर्ण रही आएको बताउँदै रेडक्रसको सिद्धान्त तटस्थता र निष्पक्षतालाई कायम राख्न जोड दिनुभयो । संविधानले मौलिक हकको रुपमा उल्लेख गरेको नागरिकको स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न प्रदेश सरकार योजनाबद्ध रुपमा लागिरहेको उहाँको दाबी थियो ।

Re2

 

मन्त्री चौधरीले प्रदेश सरकारले सरकारी अस्पतालमा आउने बिरामीका लागि आवश्यक रगत निःशुल्क पाउने व्यवस्था मिलाएको बताउँदै आगामी दिनमा क्रमशः सबै खालका स्वास्थ्य संस्थाबाट पनि निःशुल्क रगत पाउने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले रेडक्रसले सञ्चालन गर्दै आएका व्लड बैंकको स्तरोन्नती गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी पश्चिम नवलपरासी शाखाका सभापति राजेन्द्र अग्रहरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले विपद् व्यवस्थापन, राहत र उद्धारमा रेडक्रसले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा रेडक्रसलाई थप बलियो बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, रेडक्रसका केन्द्रीय अध्यक्ष सुर्दशन नेपाल,प्रदेश महासचिव लालप्रसाद पंगेनी लगायतले शुभकामना व्यक्त गर्नुभएको रेडक्रसका प्रदेश सदस्य हैदर अलि मोमिनले जानकारी दिनुभयो ।
अधिवेशनले रेडक्रसको नयाँ प्रदेश समिति चयन गर्दै छ ।१३ सदस्यीय कार्यसमितिमा १२ जना निर्वाचित हुनेछन् ।अहिले सहमतिमै नेतृत्व चयन गर्ने प्रक्रिया चलिरहेको र महासचिव बाहेक अन्य पदमा सहमति नजिक पुगिएको निर्वाचन संयोजक एवं रेडक्रस बाग्मति प्रदेश महासचिव रामजी पौडेलले बताउनुभयो ।

Re3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस