२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रसमा महिला,यूवा र सीमान्तकृत समूहको सहभागिता वृद्धि गर्न सुनवलमा प्रदेश स्तरीय गोष्ठी

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित ( साल अघि) ३१६ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ भदौ । रेडक्रसमा महिला,यूवा र सीमान्तकृत समूहको नेतृत्व विकासका लागि सदस्यता विस्तार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी आज पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशको आयोजनामा भएको गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका रेडक्रसकर्मीको सहभागितामा थियो ।
रेडक्रसमा महिला, यूवा र सीमान्कृत समुदायको सहभागिता बढाई समावेशी बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको आतिथ्य शाखा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो । कार्याशालाको माध्यमबाट रेडक्रसका स्थानीय,जिल्ला तथा प्रदेश समितिलाई समावेशी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष शम्भु प्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमम अध्यक्ष पोखरेलले रेडक्रसलाई समावेशी बनाउन यूवा, महिला र सीमान्तकृत समुदायको नेतृत्व विकास आवश्यक रहेको बताउनुभयो । रेडक्रसको पाँच वर्षे योजना कार्यान्वयन गर्दै समावेशी र मूलप्रवाहीकरणमा ल्याउने रेडक्रस शाखालाई विशेष सहयोग गर्ने योजना समेत रहेको उहाँले बताउनुभयो ।
प्रदेश महासचिव लालप्रसाद पंगेनीले लक्षित समुदायको सहभागिता बढाउन रहेका चुनौती पहिचान गरी योजना बनाउन सहयोग पुग्ने बताउनुभयो । उक्त अवसरमा रेडक्रस केन्द्रीय कार्यालयकी लैंगिक तथा समावेशीकरण विभागकी निर्देशक पूजा कोईराला र केन्द्रीय संगठन विभागका वरिष्ठ अधिकृत नारायण पौडेलले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस