२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बाल संगठन नवलपरासीद्धारा बाल विकासमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण

२०७९ भाद्र २९, बुधबार प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

परासी, २९ भदौ । नेपाल बाल संगठन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले विपन्न बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा संगठनले आज रामग्राम नगरपालिका वडा नं. ३ स्थित हरि सुशिल आधारभूत विद्यालयमा बाल विकासमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

Bal 2

बाल विकासमा अध्यनरत स साना बालबालिकालाई विद्यालय र अध्ययनप्रति रुची जगाउन र कमजोर आर्थिक अवस्थाका कारण शैक्षिक सामग्री किन्न नसकेका विपन्न बालबालिकालाई प्रोत्साहन स्वरुप शैक्षिक सामग्री वितरण गरिएको नेपाल बाल संगठन जिल्ला कार्य समितिका सभापति पृत्तम पौडेलले जानकारी दिनुभयो । उक्त विद्यालयमा बालविकासमा अध्यनरत ३५ जना बालबालिकालाई झोला, कापि र कलम वितरण गरिएको उहाँले बताउनुभयो ।

Bal 4

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला अदालतका बाल मनोविज्ञ सुमनगोपाल आचार्यले बालबालिकाको सबैभन्दा ठूलो र अभिभावकिय संस्था नेपाल बाल संगठन नवलपरासीले बाल दिवसको अवसरमा गरेको शैक्षिक सामग्री वितरण कार्यको पशसा गर्नुभयो । उहाँले बालबालिकाको हितमा आगामी दिनमा समेत निरन्तर कार्य गर्न शुभकामना व्यक्त गर्नुभयो ।

Bal 6

विगतमा अनाथ, परिवारविहिन बालबालिकालाई सरक्षण गर्ने, अभिभावकको भूमिका निर्वाह गर्ने काम गर्दै आएपनि अहिले अन्तराष्ट्रिय क्षेत्रमा नै त्यसको परिभाषा बदलिएको र विश्वमा भन्न थालिए जस्तो अनाथालयमा बस्ने कुरा हितको नभएकोले नेपाल बाल संगठनले त्यस्ता बालबालिकालाई परिवारमा स्थापित हुनुपर्छ भन्ने मान्यताका साथ काम गर्दैै आएको बाल संगठनका जिल्ला सचिव मोहन पौडेलले बताउनुभयो ।
संगठनका सभापति पृत्तम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानु कुमारी खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डे, प्रधानाध्यापक त्रिभुवन ढुंगाना लगायतले बाल दिवसको महत्वबारे प्रकाश पार्नुभएको नेपाल बाल संगठनकी जिल्ला सदस्य अस्मिता भट्टराईले बताउनुभयो ।रामग्राम नगरपालिकाको सहयोगमा गरिएको उक्त कार्यक्रममा जिल्ला भित्रै स्थानीय दाउन्ने देवी महिला सहकारी संस्थाले उत्पादन गरेको झोला वितरण गरिएको थियो ।

Bal 5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस