२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासी प्रहरीद्धारा दुई महिनामा ४४ लाख बढीको अवैद्य सामान बरामद, पन्ध्र फरार अभियुक्त पक्राउ

२०७९ भाद्र २६, आईतबार प्रकाशित ( साल अघि) ३९७ पाठक संख्या

मोहन पौडेल
परासी, २६ भदौ । चालु आर्थिक वर्षको दुई महिनामा पश्चिम नवलपरासी प्रहरीले चवालिस लाख बढीको अवैद्य मालसमान बरामद गर्न सफल भएको छ । सोही अवधिमा पन्ध्र जना फरार अभियुक्तसमेत पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले साउन र भदौ महिनाको अवधिमा रु ४४ लाख ३४ हजार ६०० बराबरको राजस्व छली गरी ल्याएका अवैद्य सामानहरु बरामद गरेको हो ।
त्यसरी अवैद्य रुपमा भन्सार छली चोरी गरी ल्याएका सामानहरुमा लत्ताकपडा रु १९ लाख १८ हजार ३००, खाद्यन्न रु १६ लाख ४४ हजार ५६०,हार्डवेयरका सामान रु दुई लाख एक हजार २००, इलेक्ट्रोनिक्स सामान रु एक लाख ६७ हजार २००, कबाडका सामान रु तीन लाख ४४ हजार , मल रु ९४ हजार, पाँच हजारको मदिरा, मोटर पार्टस रु ४९ हजार ८४० र अवैद्य कुखुरा दश हजार ७०० बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको प्रहरी प्रवक्ता डिएसपी पाण्डेले जानकारी दिनुभयो । प्रहरीले उक्त सामानहरु ओसारपसारमा प्रयोग भएका दुई वटा मोटरसाईकल, एृउटा टेक्टर र एउटा पिकअप भ्यान समेत नियन्त्रणमा लिएर भन्सार पठाएको उहाँले बताउनुभयो ।
गत दुई महिनाकै अवधिमा नवलपरासी प्रहरीले पन्ध्र जना फरार अपराधी समेत पक्राउ गर्न सफल भएको छ । जिल्ला अदालतबाट जरिवाना तथा कैद फैसला भई फरार रहेका पन्ध्र जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक फैसला कार्यान्वयन गर्न अदालमा बुझाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस