२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

नेपाली कांग्रेस पश्चिम नवलपरासीद्धारा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस

२०७९ भाद्र २०, सोमबार प्रकाशित ( साल अघि) १४४० पाठक संख्या

मोहन पौडेल
परासी, २० भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस पश्चिम नवलपरासीले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले नवलपरासीका दुई वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम आज प्रदेशमा सिफारिस गरेको हो ।
नेपाली काग्रेसका जिल्ला सचिव एवं प्रवक्ता कुलदीप आचार्यका अनुसार नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार संविधानसभा सदस्य द्धय देवकरण जयसवाल(सन्तु),विक्रम खनाल, जिल्ला सचिव कुलदीप आचार्य, महाधिवेशन प्रतिनिधि उपाा बास्तोला र केन्द्रीय सदस्य एवं अरबपति बिनोद चौधरी सिफारिस हुनुभएको हो । समानुपातिकतर्फ लालबहादुर गुरुङ्, गिरीषबहादुर थारु, ज्ञानीमाया लामा र अम्बिका चौधरी सिफारिस हुनुभएको छ ।
क्षेत्र नं. १ को प्रदेशसभा क तर्फ प्रत्यक्षमा पार्टीका प्रदेश सदस्य विश्वप्रेम पाठक एकल सिफारिस हुनुभएको छ भने समानुपातिकमा शुकबहादुरु गुरुङ्, दीपप्रकाश लोहनी, तपचन्द्र विश्वकर्मा, कर्णबहादुर विक, प्रेमकामु मगर, पशुपति चौधरी, सूर्यमान चौधरी थारु महिलातर्फ कमला पराजुली, धनमति सापकोटा, विजुला श्रेष्ठ, रमिता चौधरी, लक्ष्मी तिवारी र विन्दा कंहार सिफारिस हुनुभएको छ ।
क्षेत्र नं. १ कै प्रदेशसभा ख तर्फ प्रत्यक्षमा क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको नाम सर्वसम्मत रुपमा लुम्बिनी प्रदेशसभा सदस्य पदका लागि सिफारिस गरिएको छ भने समानुपातिक तर्फ हस्मुदिन शेख,राधिका पाण्डे,बिमला उपाध्याय,रमादेवी चौधरीको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नं. २ बाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलसहित सुनवल नगरपालिकाका पूर्व मेयर  भीमबहादुर थापा(भरत) र रामग्राम नगरपालिकाका पूर्व मेयर नरेन्द्र गुप्ता तथा दुर्गा कोईरालाको नाम सिफारिस गरिएको जिल्ला सचिव आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिसभामा समानुपातिक तर्फ पार्टीका जिल्ला सभापति अर्जुन पोखरेल,नेताहरु रामचन्द्र मौय, मन्जु खत्री सिफारिस हुनुभएको छ ।
क्षेत्र नं. २ को प्रदेशसभा क तर्फ प्रत्यक्षमा यामलाल पाण्डे, यामप्रसाद भुसाल,सोमबहाुर रायमाझी र मोहन प्रसाद शर्माको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ देवी पोखरेल,उत्तमा राय, रामबहादुर क्षेत्री,गीता पौडेल,गोपी पुन, रुद्रनाथ राय थारु, सीता गुरुङ, ज्योति  ढकाल पराजुली,शिवशंकरप्रसाद राय, कृष्णनारायण श्रेष्ठ,सुनिता सुवेदी श्रेष्ठ, टिचन गुरुङ प्रदेशसभामा सिफारिस हुनुभएको छ ।
क्षेत्र नं.२ कै प्रदेशसभा ख तर्फ प्रत्यक्षमा विक्रम यादव, बैजनाथ कलवार, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवालीको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा आरधना भट्ट,अयोध्याप्रसाद यादव,राधेश्याम पाठक, अनिता दवाडी तिवारी सिफारिस हुनुभएको जिल्ला सचिव आचार्यले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%८%३%२%२%

प्रतिक्रिया दिनुहोस