२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

निर्वाचन घोषणापछि पनि संसद्को कार्यकाल लम्बाउन खोज्नु रहस्यमय – राप्रपा उपाध्यक्ष प्रधान

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) १५४४ पाठक संख्या

मोहन पौडेल
परासी, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय उपाध्यक्ष ध्रुव बहादुर प्रधानले निर्वाचन घोषणापछि पनि संसदको कार्यकाल लम्बाउन खोज्नु रहस्यमय रहेको आशंका व्यक्त गर्नुभएको छ । निर्वाचन घोषणा भईसकेपछि संसद जीवित राख्नु उपयुक्त नहुने आफनो दलको धारणा रहेको उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको परासीमा राप्रपा नवलपरासीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष प्रधानले संसदको आयु लम्बाउने सरकारको प्रयास अनुचित रहेको उल्लेख गर्दै प्रजातान्त्रिक अभ्यासमै खलल पुर्याउने सरकारको गतिविधिका कारण नैतिकताको हिसाबले पार्टी अध्यक्ष राजेन्द्र लिङ्दनेले सांसद पदबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
नेता प्रधानले राप्रपाप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको भन्दै थप भरपर्दाे बनाउन आफूहरु क्रियाशील रहेको बताउनुभयो । राप्रपाप्रतिको आकर्षण र एजेण्डाका कारण राप्रपाको पोजिसन राम्रो रहेको भन्दै कार्यकर्ता तहबाट गठबन्धन नगर्न सुझाव आएको उल्लेख गर्दै नेता प्रधानले राष्ट्रिय मान्यता प्राप्त गर्न पनि अहिलेको परिस्थितिमा गठबन्धन गर्नुपर्ने अवस्था रहेको धारणा व्यक्त गर्नुभयो ।
हिन्दुराष्ट्र, राजसंस्था पुनःस्थापना,भ्रष्टाचारमुक्त मुलुक,प्रदेशको खारेजी, निर्वाचन प्रणालीको सुधार लगायतका एजेण्डा लिएर नै राप्रपा निर्वाचनमा होमिएको उहाँको भनाई थियो । एमाले र राप्रपाबीच हुने तालमेल र सिट बाँडफाँडको विषय केही दिनमै टुंगोमा पुग्ने जानकारी दिनुभयो । उहाँले पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न आफू तयारी अवस्थामा रही निर्वाचनमा होमिएको पनि बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%१%

प्रतिक्रिया दिनुहोस