२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

स्थापना दिवसमा निजामती कर्मचारी यूनियन पश्चिम नवलपरासीद्धारा रक्तदान

२०७९ भाद्र १९, आईतबार प्रकाशित ( साल अघि) ३७१ पाठक संख्या

मोहन पौडेल
परासी, १९ भदौ । नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति पश्चिम नवलपरासीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यूनियनको स्थापना दिवसको अवसरमा आज बिहान पृथ्वीचन्द्र अस्पताल परासीमा गरिएको रक्तदान कार्यक्रम ३० जनाले रक्तदान गरेका छन् ।

U1

 

यूनियनका जिल्ला अध्यक्ष सनत कुमार गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा यूनियनका केन्द्रीय सदस्य मनिष अधिकारी, पूर्व अध्यक्ष सुनिल लामिछाने लगायतले स्थापना दिवसको अवसरमा सबै कर्मचारी वर्गमा शुभकामना व्यक्त गर्दै नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न सबैले प्रतिबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभएको यूनियनका जिल्ला सचिव सुन्दर खनालले जानकारी दिनुभयो ।
सहभागिहरुले यूनियनले आफ्नो स्थापना दिवसमा मानवीय सेवा गरी रगत अभाव हुन नदिन भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग तथा पृथ्वीचन्द्र अस्पतालको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा यूनियनका जिल्ला तथा ईकाई समितिका पदाधिकारी एवं यूनियनमा आवद्ध कर्मचारीको सहभागिता रहेको यूनियनका जिल्ला सचिव खनालले बताउनुभयो । यूनियनले भदौ १९ लाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

U3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस