२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

महिलालाई उद्यमशील र आत्मनिर्भर बनाउने नगरको योजना : मेयर अर्याल

२०७९ भाद्र १४, मंगलबार प्रकाशित ( साल अघि) ३३० पाठक संख्या

मोहन पौडेल
परासी, १४ भदौ । सुनवल नगरपालिकाकि मेयर बिमला अर्यालले गीत संगीतको माध्यमबाट समाज रुपान्तरण सम्भव रहेको बताउनुभएको छ । उहाँले तीजलाई समाज रुपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
सुनवल डान्स एकेडेमीले आज सुनवल चौराहामा गरेको नगर स्तरीय खुला तीज गीत प्रतियोगितामा सम्बोधन गर्दै नगर प्रमुख अर्यालले गीत संगीतको माध्यमबाट समाजमा महिला माथि भईरहेका हिंसा र भेदभावका घटनालाई उजागर गर्न जोड दिनुभयो । उहाँले अबका तीजलाई समाज रुपान्तरणको माध्यम बनाउनुपर्ने बताउँदै अन्धविश्वास र कुरीतिलाई फाल्न आग्रह गर्नुभयो ।                         मेयर अर्यालले महिलाहरु उद्यमशील र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै सुनवल नगरपालिकाले महिला र युवा लक्षित स्वरोजगार तालिम सञ्चालन गरेर उत्पादनसँग जोड्ने लक्ष्य लिएको बताउनुभयो । व्यवसायिकतासँग जोडिन सके मात्रै समृद्ध सुनवल खुश३नगरवासीको संकल्प पूरा हुने भन्दै उहाँले नगरको उद्धेश्यमा साथ र सहयोग गर्न आह्वान गर्नुभयो ।
प्रतियोगितामा  रमवापुर मावि प्रथम,<span;>लोटस  स्कुल  सुनवल ४ द्धितिय,अन्नपूर्ण स्कुल सुनवल ७ तृतीय र देवकोटा मावि सान्त्वना भएको आयोजकले जनाएको छ। रमेश नेपालीको अध्यक्षता र प्रदीप अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस