२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

मदारबाबा मजार संरक्षण संस्थाको विशेष अधिवेशन, नयाँ समिति गठन

२०७९ भाद्र १३, सोमबार प्रकाशित ( साल अघि) ६०८ पाठक संख्या

नवलपरासी, १३ भदौ । मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ पूर्वी नवलपरासीको विशेष अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जमालुद्धिन अन्सारी विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पास भएपछि विशेष अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा भएको संस्थाको विशेष अधिवेशनले मोहम्मद रफि चुरिहारको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति चयन गरेको अधिवेशनपछि जारी विज्ञप्तिमा जनाईएको छ ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा अजमुद्धिन मिया,उपाध्यक्षमा कुरैश अलि, सचिवमा रहमद अलि मिया, कोषाध्यक्षमा जैबुन नेशा, सहसचिवमा हविकुल्लाह मिया रहनुभएको छ । यसैगरी सदस्यहरुमा मोहम्मद फुन्ने, रज्जब धुनिया, रेयाज अलि, जाहेनार खातुन, लैलुन नेसा, मोहम्मद सबिर मिया, हरिब मिया, सद्धाम हुसेन, अब्दुल कादिर देवान लगायत रहनुभएको अध्यष चुरिहारले जानकारी दिनुभयो । संस्थाले नवलपरासीको प्रसिद्ध धार्मिक स्थल मदारबाबा क्षेत्रको संरक्षण गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%

प्रतिक्रिया दिनुहोस