२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नागरिकता विद्ययेक खारेजीको माग गर्दै क्षेत्री समाज पश्चिम नवलपरासीद्धारा प्रशासन कार्यालयमा धर्ना

२०७९ भाद्र ८, बुधबार प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

परासी, ८ भदौ । नागरिकता विद्ययेक खारेजीको माग गर्दै क्षेत्री समाज नेपाल पश्चिम नवलपरासीले जिल्ला प्रशासन कार्यालय परासीमा धर्ना दिएको छ ।
संसदबाट पारित नागरिकता विद्ययेक खारेज हुनुपर्ने भन्दै क्षेत्री समाजले प्रशासन कार्यालयमा आज बिहान ११ देखि १२ बजेसम्म एक घण्टा दबाबमूलक धर्ना दिएको हो ।
समाजका जिल्ला अध्यक्ष मनोज कार्कीको नेतृत्व तथा   केन्द्रीय सदस्य रम्भा कुँवरको विशेष आतिथ्य एवं केन्द्रीय सदस्य एलपी, अधिकारि , जिल्ला काेषाध्यक्ष हरि भण्डारी, बर्दघाट नगर अध्यक्ष खम खत्री ,रामग्राम नगर अध्यक्ष नानू खड्का, सुनवल अध्यक्ष राजु केसि जलगायतकाे उपस्थितमा धर्ना कार्यक्रम गरिएको जिल्ला अध्यक्ष कार्कीले बताउनुभयो ।
क्षेत्री समाज नेपाल पश्चिम नवलपरासीले विशेषगरी नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधानप्रति असन्तुष्टि जनाएको हो ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले पहिलेको देशको नागरिकता त्याग्न प्रक्रिया सुरु गरे लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था हटाउन माग गरेको हो ।
छिमेकी भारतमा रहेको प्रावधान जस्तै नेपालमा विवाह गरेर आउने महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था गर्न माग गरेको हो । नेपालसँग खुला सिमाना रहेको र धेरै बिहाबारी चल्ने भारतमा पनि विवाहको सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि त्यही व्यवस्था राख्नुपर्ने माग गरिएको छ ।
नागरिकता जस्तो विषयमा संवेदनशील हुनुपर्नेमा सरकारले विदेशीलाई सहजै नेपाली नागरिकता लिने वातावरण बनाएर मुलुकलाई फिजिकरण गर्न खोजिएको अध्यक्ष कार्कीले दाबी गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस