२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

महाकवि देवकोटा क्याम्पसमा विद्यार्थीलाई अभिमुखिकरण

२०७९ भाद्र ७, मंगलबार प्रकाशित ( साल अघि) ८७९ पाठक संख्या

सुनवल, ७ भदौ । पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसमा सिमेट तयारी गरिरहेका विद्यार्थीहरुको लागि अभिमुखिकरण गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सोमबार क्याम्पसमा आयोजित उक्त कार्यक्रममा मोटिभेसनल स्पिकर प्रकाश पौडेलले सहजीकरण गर्नुभएको थियो ।
उहाँले विद्यार्थीहरुलाई बी.बी.ए. र बी.आई.सी.टी.ई. कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । पौडेलले महाकवि देवकोटा क्याम्पसमा त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त बी.बी.ए. र बी.आई.सी.टी.ई. संचालन भएकोले ढुक्क भएर यसै क्याम्पसमा अध्ययनको लागि आउन आग्रह गर्नुभयो ।
बी.बी.ए. र बी.आई.सी.टी.ई. पढिसके पछिको भविष्य र यसै क्याम्पसमा नै उक्त विषयहरु पढनु पर्ने कारणहरुको बारेमा उहाँले स्पष्ट पार्नुभएको थियो । वर्तमान समय आई.टी.को भएकोले विद्यार्थीहरुले आई.टी. पढ्नु पर्ने भन्दै उहाँले बी.आई.सी.टी.ई. पढेका विद्यार्थीहरुले बी.सी.ए., बी.एस्सी.सी.एस आई.टी., बी.आई.एम. जत्तिकै मान्यता प्राप्त गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पकसका अध्यक्ष लामिछानेले प्रशिक्षक प्रकाश पौडेल सहित कार्यक्रममा उपस्थित रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, गुल्मी लगायतका जिल्लाबाट सिमेट तयारी गरिरहेका विद्यार्थीहरुलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्नुभएको शिक्षक हरिदत्त शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%५%२%१%१%

प्रतिक्रिया दिनुहोस