२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बर्दगोरिया धाम क्षेत्रमा संस्कृत गुरुकुल विद्यालय स्थापना

२०७९ भाद्र ६, सोमबार प्रकाशित ( साल अघि) ६४७ पाठक संख्या

मोहन पौडेल
परासी, ६ भदौ । पश्चिम नवलपरासीको प्रसिद्ध धार्मिक स्थल बाबा बर्दगोरिया धाम क्षेत्रमा बाबा बर्दगोरिया तुल्सीराम संंस्कृत गुरुकुल विद्यालय स्थापना गरिएको छ । गुरुकुलको आज एक कार्यक्रमकाबीच सुनवल नगरपालिकाका उपमेयर सूर्यप्रसाद दुवेले विद्यालय प्रारम्भ भएको घोषणा गर्नुभयो ।
नगरपालिकाको मातहतमा रहेर गुरुकुलले संस्कृत विद्यालयको पाठ्यक्रममा आधारित संस्कृतका कर्मकाण्डको अध्यापन गराउने उपमेयर दुवेले बताउनुभयो । सुनवल १२ का तुल्सीराम पाण्डेले गुरुकुल स्थापनाका लागि १३ कठ्ठा जग्गा दान दिनुभएको छ ।
सुनवल वडा नं. ११ मा जिल्लामै पहिलो गुरुकुलको आज स्थापना भएकोले अवदेखि आजैको मितिलाई स्थापना दिवसको रुपमा मनाईने छ भने हाल भौतिक संरचनाहरु निर्माण नहुँदासम्मको लागि बर्दगोरिया धाम क्षेत्रमा रहेको बर्दगोरिया आधारभूत विद्यालयको खाली भवनलाई उपयोग गरी कक्षा सञ्चालन गरिने उपमेयर दुवेले जानकारी दिनुभयो ।
विद्यालय सञ्चालनका लागि आवश्यक सहयोग र समन्वय नगरपालिकाले गर्ने उहाँको भनाई थियो ।
गुरुकुल दर्ता गर्ने, गुरुकुल सञ्चालनको लागि प्राप्त जग्गा विद्यालयको नाममा पास गरी आवश्यक भौतिक संरचना निर्माण थालिने र हाललाई गुरुकुलको व्यवस्थापन बर्दगोरिया धाम विकास समितिबाटै हुने नगरपालिकाले जनाएको छ ।
जग्गादाता तुल्सीराम पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद बगाले, १२ नम्बरका वडा अध्यक्ष चुडामणि पौडेल,सामाजिक विकास समिति प्रमुख भगवती बस्याल,नगर शिक्षा अधिकारी विष्णुप्रसाद गोतामे, स्थानीय राजनीतिक दल, समाजसेवी, धाम विकास समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस