२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जिससको भूमिका धेरै छ, देखिने गरी काम गर्छाैँ – खड्का

२०७९ भाद्र २, बिहिबार प्रकाशित ( साल अघि) ४०५ पाठक संख्या

मोहन पौडेल
परासी, २ भदौ । पश्चिम नवलपरासीको जिल्ला समन्वय अधिकारीको समेत जिम्मेवारी पाउनुभएका रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जिल्ला समन्वय समितिको भूमिका देखिने गरी काम गर्ने बताउनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय अधिकारीको समेत जिम्मेवारी दिएपछि आज जिससमा पदबहाली गर्नुभएका खड्काले जिससले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै जिसस भूमिका विहीन जस्तो देखिएपनि धेरै भूमिका रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्लाभरी संघ र प्रदेशबाट भईरहेका विकास निर्माण कार्यको अनुगमन, सीमा विवाद निरुपण, मूल्य निर्धारण गरी बाँडफाँड, पालिकाहरुमा संस्थागत क्षमता विकास लगायत धेरै भूमिका जिससका छन्,अव यसलाई प्रभावकारी बनाउँदै जिससको भुमिका देखिने गरी काम गर्छाैँ’
जिल्ला समन्वय अधिकारीको रुपमा पदभार ग्रहण गर्दै उहाँले वार्षिक कार्यसूची निर्माण गरी प्रभावकारी काम अघि बढाउने बताउनुभयो । जिससको धेरै काम नभएपनि भूमिका सिर्जना गर्न सकिने उहाँको भनाई थियो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले कुशल कार्यशैली भएका व्यक्तिलाई जिल्ला समन्वय अधिकारीको रुपमा पाएकोले जिसस नवलपरासी नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो । यसअघिका जिल्ला समन्वय अधिकारी विजय कार्कीको सरुवा भएपछि जिल्ला समन्वय समिति करिब दुई महीना जिल्ला समन्वय अधिकारी विहिन रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस