२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नगरवासीलाई उद्यमशील बनाउन एक वन, एक उद्यम कार्यक्रम सञ्चालन गर्दैछौँ – मेयर अर्याल

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

मोहन पौडेल
परासी, २५ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक वन, एक उद्यम कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुनवल नगरवासीलाई उद्यमशील बनाई आत्मनिर्भर बनाउन नगर भित्रका सामुदायिक वनमा एक वन एक उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
सामुदायिक वन दिवसको अवसरमा आज सुनवल नगरपालिका,वनवातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ सुनवलको आयोजनामा भएको सामुदायिक वनका सफलता, चुनौती र स्थानीय सरकारसँग सहकार्य विषयक अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख अर्यालले उक्त जानकारी गराउनुभएको हो ।
सुनवलमा २२ वटा सामुदायिक वन रहेका छन् । सुरुवातमा सबै सामुदायिक वनमा आयआर्जनसँग जोडेर उत्पादनमूलक विरुवाहरु रोपण गरीने उहाँले बताउनुभयो । त्यसका लागि कुन सामुदायिक वनले कुन उद्यमसँग सम्बन्धित विरुवा रोप्ने हो र कति जग्गामा कति विरुवा आवश्यक पर्ने हो भन्ने विवरण नगरपालिकालाई उपलब्ध गराउन उहाँले आह्वान गर्नुभएको छ । विभिन्न प्रजातिका फलफूल, अदुवा, बेसारखेती,अम्रिसो,जडिबुटी उत्पादन लगायत गर्न सकिने उहाँको भनाई छ ।
एक वन एक उद्यम कार्यक्रम सफल बनाउन संघीय सरकार र प्रदेश सरकार अन्र्तगतका वन मन्त्रालयसँग पनि समन्वय भईरहेको मेयर अर्यालले बताउनुभयो । वन क्षेत्रमा रहेका बाँझो जग्गा हराभरा हुने, आयआर्जन हुने र हरित नगरी पनि बन्ने सोचका साथ यो कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागि वक्ताहरुले सामुदायिक वनमा सफलतासँगै धेरै चुनौतीहरु पनि रहेकोले स्थानीय तहले वनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल परियारले पछिल्लो पटक संघीय सरकारले वन नियमावली २०७९ मा सामुदायिक वनमाथि समुदायको अधिकार कुण्ठित गर्ने प्रावधानहरु ल्याएको बताउँँदै आक्रोस पोख्नुभयो । उहाँले सामुदायिक वनका अधिकार कटौती गरे महासंघ चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाँले स्थानीय तहमा पनि वन नियमावली ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सुनवल नगर उपप्रमुख सूर्यप्रसाद दुवे, डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्ले,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य गीता चौधरी, प्रदेश सचिवालय सदस्य नारायण पाण्डे, सुनवल नगर अध्यक्ष एवं वडा नं. ६ का वडा अध्यक्ष दीलिप चापागाई लगायतले सामुदायिक वनको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस