२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भूमि आयोग जिल्ला समितिका पदाधिकारीको सपथग्रहण, पारदर्शी काम गर्छाैँ – अध्यक्ष भण्डारी

२०७९ श्रावण २५, बुधबार प्रकाशित ( साल अघि) १४७७ पाठक संख्या

मोहन पौडेल
परासी, २५ साउन । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति पश्चिम नवलपरासीका नवनियुक्त पदाधिकारीले सपथ ग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले आज परासीमा आयोजित एक समारोहमा आयोगका जिल्ला सदस्य द्धय भविश्वर तिवारी र लक्ष्मी भुसाल खरेललाई सपथग्रहण गराउनुभएको हो ।
भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने उद्देश्यले नेपाल सरकारले नेपाली कांग्रेसका देवराज भण्डारी अध्यक्ष र नेकपा माओवादी केन्द्रका भविश्वर तिवारी आजाद र नेकपा एसकी लक्ष्मी भुसाल खरेल सदस्य रहेको आयोग गठन गरेको हो ।
आज भएको सपथ ग्रहण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष भण्डारीले आयोगले पारदर्शी रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।उहाँले अफ्ठ्यारो परिस्थिति आएमा सर्वदलिय सहमतिमै टुंग्याउने गरी काम गर्ने उल्लेख गर्नुभयो । राजनीतिक दलका कार्यकर्ताबाट आउने दबाबको भरमा अनियमित काम नगर्ने भन्दै उहाँले सकभर अनावश्यक दबाब नदिन अपिल गर्नुभएको छ ।

Ll

वर्र्षाँदेखि लालपूर्जाको पर्खाईमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीलाई प्रक्रिया पुर्याएर जति सक्दो छिटो पूर्जा वितरण गर्न आयोग लाग्ने अध्यक्ष भण्डारीले बताउनुभयो । आफूले अहिलेसम्म नेतृत्व गर्दै आएका संघ संस्थामा कुनै किसिमको अनियमितता नभएको भन्दै उहाँले यस आयोगमा पनि अनियमित काम नगर्ने बताउनुभयो ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भईसकेको सन्दर्भमा आयोग गठन भएकोले छोटो अवधिमा काम गर्नुपर्ने चुनौती रहेको बताउँदै उहाँले राजनीतिक दल, स्थानीय तह र कर्मचारीवर्गबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले वास्तविक भूमिहीनलाई पूर्जा वितरण गर्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले आयोगलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले यसअघि आफू अध्यक्ष रहँदा धेरै कामहरु अघि बढेर लालपूर्जा वितरण गर्ने सम्मको अवस्थामा रहेको र कतिपय जग्गाहरु फुकुवा भएको अवस्था रहेकोले यस आयोगलाई काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वराज्य मन्त्री घनश्याम यादव, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, नेकपा एमालेका उपाध्यक्ष डोलराज भण्डारी, नेपाली कांग्रेसका कार्यबाहक सभापति विक्रम यादव, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादव, जसपाका अध्यक्ष धरेन्द्र यादव, लोसपाका अध्यक्ष मुकुरजी गिरी, नेकपा एसकी शुशिला देवकोटा, राप्रपाकी केन्द्रीय सदस्य देवी घिमिरे, जनता प्रगतिशील पार्टीका अध्यक्ष राधेरमण पाण्डे, भूमि सुधार तथा मालपोत कार्यालय परासीका प्रमुख केशव रिजाल, नापी कार्यालय परासीका प्रमुख अजित कुंवर लगायलते शुभकामना व्यक्त गर्दै आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस