२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जेसीजले मुलुकलाई सही मार्गमा डोर्‍याउने युवा नेतृत्व उत्पादन गर्नुपर्छ – रबी लामिछाने

२०७९ श्रावण २२, आईतबार प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

परासी, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले मुलुकलाई सही मार्गमा लैजान सक्ने नेतृत्व उत्पादन गर्न जेसीजलाई आह्वान गर्नु भएको छ । जेसीजले उत्पादन गर्ने नेतृत्व असल हुने उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीमा रहेका जेसीज शाखाहरु रामग्राम जेसीज, रामग्राम महिला जेसीज, सुनवल जेसीज,रामनगर जेसीज र बर्दघाट जेसीजको संयुक्त आयोजना र नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीको संयोजनमा शनिबार  परासी स्थित सिद्धार्थ रिजेन्सी होटलमा आयोजित एक्ट फर ईम्प्याक्ट विषयक  राष्ट्रिय स्तरको एक दिने बहुशाखा तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले मुलुकमा युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । उहाँले जेसीजले तालिमको माध्यमबाट नेतृत्व विकास गर्दै समाजलाई सही दिशातर्फ डोर्‍याउने नेता उत्पादन गर्न विशेष भूमिका खेल्न सक्ने बताउनुभयो ।
रामग्राम जेसीजका अध्यक्ष अनिल कुमार उपाध्याय,रामग्राम महिला जेसीजकि अध्यक्ष अनिता दवाडी तिवारी,सुनवल जेसीजका अध्यक्ष जमुना थापा,रामनगर जेसीजका अध्यक्ष जयराम बस्याल र बर्दघाट जेसीजका अध्यक्ष दिनेश न्यौपानेको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस