२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

परासीको रामखण्डा खोलाको सफाइ अभियान जारी, सुरक्षाकर्मीको सहयोगमा जलकुम्भी हटाईयो

२०७९ श्रावण १५, आईतबार प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

परासी, १५ साउन । बाढी नियन्त्रण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको परासीस्थित रामखण्डा खोलाको सफाई अभियानलाई निरन्तरता दिईएको छ । आज पनि रामखण्डा खोलामा रहेको जलकुम्भी सरसफाइ गरिएको हो ।
आज परासी भैरहवा सडक खण्डको रामखण्डा पुलदेखि लक्ष्मिपुर जितपुर सडकको नयाँ पुल सम्मको भागमा जमेको जलकुम्भी सफाई गरिएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनुभयो । नगरपालिकाको पहलमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब डेढ सय सुरक्षाकर्मी परिचालन गरी नदीमा जमेको जलकुम्भी सफाई गरिएको उहाँले बताउनुभयो ।

296437854_404963381500252_8160464732442912885_n

 

नगरवासी कोही पनि डुबानमा नपरुन र परासी बजारलाई जलमग्न हुनबाट बचाउन सकियोस् भनेर खोला सफाईको कामलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । गत वर्ष भदौमा आएको बाढीलाई मध्यनजर गर्दै समयमै पूर्व तयारी गरिएको मेयर यादवको भनाई छ ।

295846222_3442848149373369_2865808496550747474_n

 

परासी बजार डुबानको कारण पहिचान गर्ने क्रममा झरही नदीमा बाँध बाँध्नुपर्ने र रामखण्डा खोलामा जलकुम्भी धेरै भएका कारण पानीको प्रवाह सहज हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै आज रामखण्डा खोला सफाई गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । झरही नदीमा बाँध निर्माण भईसकेकोले अव नदीमा जमेको जलकुम्भी सफाई अभियान चलाईएको उहाँले बताउनुभयो ।

296273133_1741090216289322_5453294339767160754_n

 

तस्बीर – मोहन पौडेल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस