२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

२०७९ श्रावण ५, बिहिबार प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

परासी, ५ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका कोभिड १९ विरुद्धको पूर्ण खोप तथा पन्ध्र महिना सम्मका बालबालिकाहरुको पूर्णखोप सुनिश्चित पालिका भएको छ । लक्षित वर्गका नागरिकलाई कोभिड विरुद्धको खोप र बालबालिकालाई दिईने नियमित खोप लगाईएपछि आज एक समारोहकाबीच रामग्राम नगरपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप तथा पन्ध्र महिना सम्मका बालबालिकाको पूर्णखोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले पन्ध्र महिनासम्मका बालबालिकाको पूर्ण खोप सुनिश्चितता पालिका र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्नुभयो । यो सँगैँ पश्चिम नवलपरासीका सातै पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् ।

294286469_577993623880210_3683733757719444382_n

 

नगर भित्र बसोबास गर्ने १२ वर्ष माथिका कूल ५३ हजार ३८८ जनसंख्या मध्ये ५३ हजार ३१० अर्थात ९९.८५ प्रतिशत जनसंख्याले कोभिड विरुद्धको पूर्ण खोप लगाएको सुनिश्चितताको आधारमा कोभिड १९ विरुद्धको पूर्ण खोप पालिका घोषणा गरिएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । १८ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गरी पन्ध्र महिनासम्मका सबै बालबालिकालाई नेपाल सरकारले तोकेका १३ प्रकारका खोपहरु लगाईएकोले पूर्ण खोप नगर घोषणा गरिएको उहाँले बताउनुभयो ।

294813998_427392495999739_8099631916293387514_n

 

कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख यादवले पूर्ण खोप अभियानलाई निरन्तरता र दीगोपनामा ध्यान दिन जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएकोमा बधाई ज्ञापन गर्दै अव नगरपालिकाले नगरवासीको पूर्ण स्वास्थ्य,दीर्घायू र सिर्जनसील जीवनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख धनपत यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपमेयर सम्झना चौधरी, स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी, रामग्राम नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण राय,शुक्रौली स्वास्थ्य चौकी प्रमुख बलराम सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा पूर्ण खोप पालिका निर्माणमा योगदान गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान पनि गरिएको स्वास्थ्य शाखाका सहसंयोजक सुरज गौतमले बताउनुभयो ।

293654553_734703371161160_8426405063478192789_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस