२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालमा आउने बिरामीले अब रगत किन्न नपर्ने, नि:शुल्क पाईने

२०७९ श्रावण १, आईतबार प्रकाशित ( साल अघि) ११२९ पाठक संख्या

मोहन पौडेल
परासी, १ साउन ।  पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आउने बिरामीले आज देखि नि:शुल्क रगत पाउन थालेका छन् । अस्पतालले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग सम्झौता गरि आज देखि नि: शुल्क रक्त सञ्चार सेवा शुरु गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको निर्देशन बमोजिम रेडक्रससँग सम्झौता गरि नि: शुल्क रुपमा रगत उपलब्ध गराउन थालिएको अस्पतालका निमित्त प्रमुख मेसु डा. मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।
अब अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिले रगत किन्नुपर्ने छैन् ।
यसअघि नै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जिल्लाका सातै स्थानीय तहको समन्वयमा नि:शुल्क रगत उपलब्ध गराउँदै आएको थियोे।
लुम्बिनी प्रदेशका जिल्ला अस्पतालमा आउने बिरामीले रगतका लागि अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था प्रदेश सरकारले गरेको हो ।
आज अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निमित्त प्रमुख डा.होदा र रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले सम्झौता पत्रमा हस्ताक्षर गरि आदानप्रदान गर्नुभयो । यसबाट बिरामीको जीवन जोखिममा पर्ने अवस्था अन्त्य भई जनताको जीवनरक्षा गर्न सहयोग पुग्ने रेडक्रस सभापति अग्रहरीले बताउनुभयो ।
निम्न आयस्तर भएका नागरिक बढी लाभान्वित हुने भन्दै उहाँले रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीले जिल्लामा पहिले देखि नै पहल गर्दै आएको बताउनुभयो ।
रक्तसञ्चार केन्द्रले उपलब्ध गराउने रगतको सेवा शुल्क अब सबै प्रदेश सरकारले नै भुक्तानी गर्नेछ । पश्चिम नवलपरासीमा यो सेवा पृथ्वी चन्द्र अस्पतालमा भर्ना हुने बिरामीले मात्र पाउनेछन् भने सेवा लिन बालबालिका भए जन्मदर्ता र अन्यले नागरिकता पेश गर्नुपर्ने अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले बताउनुभयो । अस्पतालका अध्यक्ष महेन्द्र गुप्ताले नि: शुल्क सेवालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%७%१%१%

प्रतिक्रिया दिनुहोस