२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाद्धारा कृषक समूहलाई अनुदानमा आधुनिक कृषि औजार वितरण

२०७९ अषाढ २४, शुक्रबार प्रकाशित ( साल अघि) ९४५ पाठक संख्या

मोहन पौडेल
परासी, २४ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले धान उत्पादन प्रवद्र्धनका लागि कृषक समूहलाई आधुनिक कृषि औजार वितरण गरेको छ । धान उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि छनौट भएका कृषक समूहलाई आज पचास प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख धनपद यादवले आज विभिन्न कृषक समूहलाई पावर टिलर, जिरो वेटर, चार्जर स्प्रेयर,मोटर, पम्प सेट र जिंक लगायत वितरण गर्नुभएको हो । नगर प्रमुख यादवले औजार वितरण गर्दै कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न रामग्राम नगरपालिका लागिपरेको बताउँदै अनुदानमा प्राप्त कृषि औजारलाई सही सदुपयोग गरेर कृषि खेतीलाई अघि बढाउन आग्रह गर्नुभयो ।
उहाँका अनुसार मोहनगिर कृषक समूह अमरौटलाई पावर टिलर दुई थान, मोटर तीन थान, पम्पसेट तीन थान, स्प्रे मेसिन दश थान,जिंक १७० केजी र विषादी वितरण गरिएको छ भने लालिगुराँस कृषक समूह देवगाव फूलबारीयालाई मोटर दुई थान, पम्प सेट ५ थान, स्प्रे मेसिन दश थान, जिंक ८५ केजी र विषादी वितरण गरिएको छ ।
सरस्वती महिला कृषक समूह बन्जरिया बड्गोलाई पम्पसेट दुई थान,स्प्रे मेसिन ८ थान,जिंक १६० केजी र विषादी, माछापु्रच्छे कृषक समूह पण्डितपुरलाई जिरो बेटर एक थान, मोटर एक थान, पम्पसेट दुई थान, स्प्रे मेसिन चार थान, जिंक १८० केजी तथा देवगाव आयआर्जन साना किसान कृषि सहकारी संस्था लिमिटेड देवगावलाई मोटर पाँच थान, पम्पसेट ५ थान, स्प्रे मेसिन १८ थान, जिंक १२० केजी र विषादी वितरण गरिएको नगरपालिकाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस