२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सहुवाटिकरमा बाँध निर्माण कार्य जारी, नगर प्रमुख यादवद्धारा निरीक्षण

२०७९ अषाढ २१, मंगलबार प्रकाशित ( साल अघि) १२५५ पाठक संख्या

परासी, २१ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही खोलाको बाढी नियन्त्रणका लागि बाँध निर्माणको कार्य तीव्र रुपमा भईरहेको छ । रामग्राम नगरपालिका वडा नं.१ स्थित सहुवाटिकरमा निर्माणाधिन तटबन्धको आज रामग्राम नगर प्रमुख धनपत यादवले स्थलगत निरीक्षण गर्नुभयो ।

291438393_803069940682963_8863321377394063080_n (2)

लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको उक्त बाँध निर्माण कार्य छोटो समयमा पनि सन्तोषजनक काम भईरहेको नगर प्रमुख यादवले बताउनुभयो ।

291607888_599867541467935_1119025901975532918_n (2)

 

291523531_389838332998130_4372333248552528153_n (2)

उहाँले वर्षायामको मौसम भएको र खोलामा जतिबेला पनि पानी बढ्न सक्ने भएकोले छिटो छरितो र गुणस्तरीय काम गर्न निर्माण पक्षलाई आग्रह गर्नुभयो । उपभोक्ता समिति मार्फत बाँध निर्माण भईरहेको छ । गत वर्ष सोही स्थानबाट बाढी पस्दा सदरमुकाम परासी डुबानमा पर्नुका साथै लाखौँको धनजनको क्षति भएको थियो । रामग्राम नगरपालिकालाई बाढीबाट जोगाउन आफू निरन्तर सक्रिय रहेको नगर प्रमुख यादवको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस