२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजद्धारा लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरण विषयक अन्तरक्रिया

२०७९ अषाढ १७, शुक्रबार प्रकाशित ( साल अघि) ५२२ पाठक संख्या

परासी, १७ असार ।  लैंगिकतामा आधारित हिंसा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । रामग्राम महिला जेसीजको आयोजना र जिल्ला प्रशासन कार्यालयको सहयोगमा भएको उक्त कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुसँग हिंसा न्यूनीकरणको विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले हिंसा न्यूनीकरण गर्न कुनै एक पक्ष मात्र नभई समाजका सबै पक्षहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । हिंसा भएपछि कानुनी कारवाही अवश्य हुने बताउँदै उहाँले त्यो भन्दा पनि हिंसा हुनै नदिन के गर्ने भन्ने महत्वपूर्ण विषय भएको बतउनुभयो ।
नागरिकहरूमा कानुनी ज्ञान बढेका कारण अहिले धेरै हिंसा बाहिर आईरहेको उहाँले बताउनुभयो । रामग्राम महिला जेसीजकी अध्यक्ष अनिता तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शसक्तीकरण नेपालकी कार्यक्रम संयोजक एवं महिला जेसीजकी निवर्तमान अध्यक्ष पुष्पा लामा र पृथ्वीचन्द्र अस्पतालमा सञ्चालित एकद्धारा संकट व्यवस्थापन प्रणाली ओसिएमसीकी फोकल पर्सन रन्जिता चौधरीले जिल्लामा हिंसाको अवस्था, हिंसा पीडितले पाउने न्याय र सेवा तथा क्षतिपूर्तिको अवस्था विषयमा प्रकाश पार्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल,ंिहसा न्यूनीकरणको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरुले हिंसाको अवस्था र न्यूनीकरणका लागि भईरहेका पहलका बारेमा प्रकाश पार्नुभएको रामग्राम महिला जेसीजकी महासचिव विनिता खड्काले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस