२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

लागूऔषध दुर्व्यसनी न्यूनीकरणको लागि परासीमा दीपप्रज्वलन

२०७९ अषाढ ११, शनिबार प्रकाशित ( साल अघि) ५४३ पाठक संख्या

परासी, ११ असार । बढ्दो लागूऔषध दुव्र्यसनी न्यूनीकरणको लागि परासीमा दीपप्रज्वलन गरिएको छ । अन्र्तराष्ट्रिय लागूपदार्थ तथा अवैद्य तस्करी विरुद्ध दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालयको नेतृत्व र परिवर्तन फाण्डेसन,निर्भाना फाउण्डेसन लगायत विभिन्न संघ संस्थाको सहकार्यमा साँझ परासी बुद्धचोकमा दीपप्रज्वलन गरिएको हो ।
लागू पदार्थको बढ्दो प्रयोगलाइ नियन्त्रण र न्यूनीकरणको लागि आम जनमानसमा लागू औषधको दुरुपयोग सम्बन्धमा जनचेतना अभिबृद्धी गर्दै यसका बिरुद्धमा सबै मिलेर अघि बढ्नु पर्नेे प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । लागूऔषध दुव्र्यसनीबाट हुने अपराध तथा लागूऔषधले मानव स्वास्थ्यमा पार्ने असर बारे सचेतना जगाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु तथा लागूऔषध दुव्र्यसनी नियन्त्रणको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि लगायतको सहभागिता परिवर्तन फाउण्डेसनका सचिव दीपेश शर्माले बताउनुभयो । अन्र्तराष्ट्रिय लागूपदार्थ तथा अवैद्य तस्करी विरुद्ध दिवस पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रमका साथ तीन दिनसम्म मनाउने कार्यक्रम अन्र्तगत आज दोस्रो दिन दीपप्रज्वलन गरिएको हो ।
यसअघि पहिलो दिन शुक्रबार परासीको आदर्श माविमा सचेतना कक्षा सञ्चालन गरिएको थियो भने भोली महेशपुर सीमा क्षेत्रमा सराकोरवालाबीच यसै विषयमा अन्र्तक्रिया कार्यक्रम आयोजना हुने निर्भाना फाउण्डेसन परासीका कार्यक्रम संयोजक ध्यानेन्द्र प्रधानले जानकारी दिनुभयो ।

2

 

तीन दिने कार्यक्रममा परितर्वन फाउण्डेसन, सेरेन होम फाउण्डेसन,आस्था समूह, सुरक्षा निकाय लगायत विभिन्न संघ संस्थाको सहकार्य रहेको छ । बिश्वव्यापी साझा समस्याको रुपमा रहेको लागू औषध प्रयोग खुल्ला सीमानाका कारण पश्चिम नवलपरासीमा पनि समस्याको रुपमा रहेको छ । बिशेषगरि मदिरा, सूर्तिजन्य, पदार्थ एवं गाजा चरेसको प्रयोग नेपालमा दिनानुदिन बढ्दै गएको तथ्याङकले देखाएको छ। लागू पदार्थको अबैध ओसार पसार तथा कारोबारलाइ हातहतियार तस्करी पछिको दोश्रो ठूलो अपराधको रुपमा लिइन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस