२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जिल्लावासीको हितमा काम गर्छु – जिसस प्रमुख यादव

२०७९ अषाढ ११, शनिबार प्रकाशित ( साल अघि) ४१२ पाठक संख्या

परासी, ११ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ स्थित आराधना मण्डली(जीतपुर) चर्चले जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीका नवनिर्वाचित प्रमुख भगौती यादव(रुदल)लाई बधाई तथा सम्मान गरेको छ । आज चर्चमा आयोजित विशेष समारोहमा जिसस प्रमुख यादवलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै जिसस प्रमुख यादवले आफू निःस्वार्थ भावनाले जिल्ला र जिल्लावासीको हितमा सेवाभावले काम गर्ने बताउनुभयो । जिल्लाको विकास निर्माण र सुशासनलाई प्रभावकारी बनाउन आफू निरन्तर लागिपर्ने बताउँदै उहाँले समन्वय र अनुगमनलाई प्रभावकारी बनाउने बताउनुभयो ।
उहाँले यस चर्चमा खानेपानीको व्यवस्था नभएकोले खानेपानी सुविधाका लागि व्यक्तिगत रुपमा फिल्टर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा चर्चका पास्टर भागिरथी कोंहारले नवनिर्वाचित प्रमुख यादवलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लाको समग्र हितमा काम गर्न सुझाव दिनुभयो । उक्त अवसरमा चर्चका सहपास्टर पदमनारायण चौधरी, उदयराज कोइरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस