२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइँदै

२०७९ अषाढ ८, बुधबार प्रकाशित ( साल अघि) ४३७ पाठक संख्या

मोहन पौडेल
परासी, ८ असार । पश्चिम नवलपरासीका ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइने भएको छ ।
यही असार १० गतेदेखि १५ गतेसम्म ५ वर्षदेखि ११ वर्षमुनिका ५२ हजार ४३९ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थीका अनुसार फाइजर खोपको पहिलो मात्रा यही असार १०गतेदेखि पन्ध्र गतेसम्म र दोस्रो मात्रा २१ दिनपछि लगाईने भएको हो । त्यसका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम पनि दिइसकिएको उहाँले बताउनुभयो ।
जिल्लामा बर्दघाट नगरपालिकामा नौ हजार २६१, सुनवल नगरपालिकामा नौ हजार ७७८,रामग्राम नगरपालिकामा आठ हजार ८३१,पाल्हीनन्दन गाउँपालिकामा पाँच हजार ९६४, सरावल गाउँपालिकामा पाँच हजार ८८७, प्रतापपुर गाउँपालिकामा छ हजार ९७२, सुस्ता गाउँपालिकामा पाँच हजार ७४६ जना गरी जिल्लामा पाँच वर्षदेखि ११ वर्षमुनिका ५२ हजार ४३९ बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले यो खोप अभियानलाई प्रभावकारी कार्यान्वयन गर्नm जोड दिनुभयो । उहाँले यस अभियानमा सबै पालिकाका स्वास्थ्यकर्मी तथा शिक्षकहरुको अहम भूमिका हुने भएकोले सोही अनुसार सफल बनाउन आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस