२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम सहकारीद्धारा उपमेयरमा निर्वाचित शेयर सदस्य चौधरीलाई बधाई तथा सम्मान

२०७९ अषाढ ३, शुक्रबार प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या

परासी, ३ असार । रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम ३ परासीको आयोजनामा बधाई तथा स्वागत सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । सहकारीले रामग्राम नगरपालिकाको उपमेयर पदमा निर्वाचित शेयर सदस्य सम्झना चौधरीलाई आज एक कार्यक्रम गरी बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा उपमेयर चौधरीले सबै मिलेर नगरको विकासमा सुझाव सल्लाह र हातेमालो गर्न आग्रह गर्नुृभयो । आफूहरु निर्वाचित भएदेखि नै नगरको विकासमा ध्यान दिएको बताउँदै उहाँले सबैको सल्लाह र सुझाव अनुसार नै अघि बढ्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रबाट समृद्धि सम्भव भएकोले सहकारीको उत्थान र प्रवद्र्धनमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।
रामग्राम सहकारीका अध्यक्ष जनार्दन ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, सञ्चालक समितिका सचिव मोहन पौडेल, सञ्चालक सदस्य सुर्यनाथ पटेल लगायतले शुभकामना व्यक्त गर्नुभएको सहकारीकी व्यवस्थापक रमा गौतमले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस