२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

सुनवलको जनमैत्री निर्णय – सेवा प्रवाह सहज बनाउन नगरपालिकामा सहायता कक्ष, वडामा निःशुल्क फोटोकपी र निवेदन सेवा

२०७९ अषाढ १, बुधबार प्रकाशित ( साल अघि) १३१८ पाठक संख्या

परासी, १ असार । सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले सुनवल नगरपालिकाले नगरपालिकाको कार्यालय र वडा कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । साथै वडा कार्यालयहरुमा निःशुल्क निवेदन र फोटोकपी मेसिन उपलब्ध गराईने भएको छ।
नगरपालिकामा विभिन्न कामको शिलशिलामा आउँदा कहाँबाट कुन सेवा कसरी लिने भन्ने जानकारी नहुँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । जनतालाई बिना झन्झट सहज, छिटो र चुस्त सेवा दिन नगर कार्यपालिकाको पहिलो बैठकबाटै यो निर्णय गरिएको उहाँले बताउनुभयो ।
सहायता कक्ष मार्फत सेवाग्राहीको काम कर्मचारीबाटै सम्पादन गरिने उहाँले बताउनुभयो । यो व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू गरिने र दक्ष जनशक्तिको अभाव रहेको स्थानमा तत्तकालकै लागि जनप्रतिनिधिबाटै सेवा दिने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।
यसैगरी नगरपालिकाले सबै वडा कार्यालयमा फोटोकपी मेसिन उपलब्ध गराएर सेवाग्राहीलाई निःशुल्क सेवा दिने भएको छ । वडा कार्यालय नजिक फोटोकपी सेवा नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएकोले वडा कार्यालयबाटै फोटोकपी सेवा र निःशुल्क निवेदन सेवा प्रदान गरिने नगर प्रमुख अर्यालले बताउनुभयो ।
नगर कार्यपालिकको पहिलो बैठकबाट जनमैत्री अर्थात जनता प्रत्यक्ष लाभावन्ति हुने निर्णय गरिएको उहाँको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%५%२%

प्रतिक्रिया दिनुहोस