२०८२ भाद्र १०, मंगलबार
24 खबर अपडेट

सुनवल नगरपालिकाद्धारा नगरलाई हिलोमुक्त बनाउने अभियानको थालनी

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित ( साल अघि) ७८४ पाठक संख्या

परासी, ३० जेठ । जनमुखि निर्णय गरी कार्यान्वयनतर्फ अघि बढीरहेको पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अर्काे जनतामुखि कार्यमा अघि बढेको छ । वर्षातका कारण नगरका भित्री सडकहरुमा हिलोका कारण आवतजावतमा कठिनाई तथा दुर्घटनाको जोखिम बढेपछि सुनवल नगरपालिकाले हिलोमुक्त नगर बनाउने अभियान थालेको छ ।
स्थानीय स्रोत साधन स्थानीयले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने उद्घोषका साथ कार्यपालिका बैठकबाट निर्णय गरी नगर भित्र रहेका नदीजन्य पदार्थको प्रयोग गरी नगरका १३ वटै वडामा हिलोमुक्त बनाउने अभियान चलाईएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
नगरवासीलाई आवातजावतमा सहज बनाउन सबै वडाका सडक खण्डमा रहेका खाल्डाखुल्डी पुर्ने काम भईरेहको नगर प्रमुख अर्यालले बताउनुभयो । हिलो र खाल्डाखुल्डीका कारण सास्ती खेप्दै आएका नगरवासीले अहिले राहतको महशुस गरेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस