२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार अभिमुखिकरण

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित ( साल अघि) ४८५ पाठक संख्या

परासी, २० जेठ । आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य सम्बन्धी प्राथमिक उपचारबारेको एक दिने अभिमुखिकरण कार्यक्रम आज रामग्राम नगरपालिकामा सम्पन्न भएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शरीरका अभिन्न अग भएकोले यी अंगको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिरामीको उपचारमा कुनै पनि किसिमको गुनासो नआउने गरी स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह पनि गर्नुभयो ।
स्वास्थ्यकर्मीहरुमा नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान तथा सीप विकास गर्न, स्वास्थ्य संस्थाको ओपिडीमा आउने विरामीहरुमा रोग पहिचान र वर्गीकरणमा मद्धत पुग्ने,बिरामीहरुलाई समयमै निदान, उपचार व्यवस्थापन र आवश्यकता अनुसार प्रेषण गरी बिरामीमा रोग थप जटिल हुनबाट बचाउन सकिने, बदलिदो मौसम तथा वातावरणसँगै उब्जाउ हुन सक्ने नयाँ रोग र भाईरस सम्बन्धी जानकारी गराउने उद्देश्यले उक्त तालिम प्रदान गरिएको स्वास्थ्य शाखाका सुरज हरिजनले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस