२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीज वर्ष २०२२ द्धारा वि.स.२०७९ को भित्तेपात्रो प्रकाशन तथा विमोचन

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित ( साल अघि) ६६७ पाठक संख्या

परासी, १६ जेठ । रामग्राम जेसीज वर्ष २०२२ ले नयाँ वर्षको भित्तेपात्रो(क्यालेन्डर) प्रकाशन गरी विमोचन गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा प्रकाशन गरिएको भित्तेपात्रोको आज एक कार्यक्रम गरी नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले विमोचन गर्नुभयो ।
रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल उपाध्यायको अध्यक्षता तथा राष्ट्रिय उपाध्यक्ष अग्रहरीको प्रमुख आतिथ्यमा भएको विमोचन कार्यक्रममा प्रमुख अतिथि अग्रहरीले रामग्राम जेसीजले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।
जेसीजमा आवद्ध युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास मार्फत सकरात्मक सोच र उद्यमशील बनाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसका लागि राष्ट्रिय स्तरबाट आफूले पनि सक्दो पहल गर्ने बताउनुभयो ।
रामग्राम जेसीजका अध्यक्ष उपाध्यायले आफ्नो वार्षिक गतिविधि समेटेर क्यालेन्डर प्रकाशन गरेको बताउनुभयो । भित्तेपात्रोको माध्यमबाट घरघरमा जेसीज अभियान पुग्ने उहाँको विश्वास थियो ।
कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, पूर्व अध्यक्षहरु सुमन गोपाल आचार्य, यमकुमारी सुवेदी, रामग्राम महिला जेसीजकी अध्यक्ष अनिता तिवारी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीजका महासचिव वेनीमाधव बस्यालले जानकारी दिनुभयो । महासचिव बस्यालको सञ्चालन, कार्यक्रम संयोजक एवं कार्यकारीणी उपाध्यक्ष विष्णुराज रावको स्वागत र सहकोषाध्यक्ष निरज ज्ञवालीको आस्था पाठमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस