२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दनमा कार्यपालिका निर्वाचन – माओवादी केन्द्र र लोसपा गठबन्धन विजयी

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित ( साल अघि) ७६८ पाठक संख्या

परासी, १३ जेठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकको कार्यपालिका गठनका लागि भएको निर्वाचनमा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को गठबन्धन विजयी भएको छ ।
कार्यपालिका पूर्णताका लागि चार महिला र दुई दलित तथा अल्पसंख्यक सदस्यको लागि निर्वाचन भएको थियो । निर्वाचनमा माओवादी केन्द्रबाट तीन जना महिला र एक दलित तथा लोकतान्त्रिक समाजवादी पार्टीबाट महिला र दलित सदस्य एक एक जना विजयी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो ।
कार्यपालिका निर्वाचनको लागि माओवादी केन्द्रले चार र लोसपाले दुई सदस्य लिएर गठबन्धन गरेका थिए । महिला सदस्यमा माओवादी केन्द्रबाट अनिता सहानी, शुभावति देवी हरिजन र अनामिका हरिजन विजयी हुनुभएको भने लोसपाबाट लीलावतीदेवी हरिजन विजयी हुनुभएको छ ।
दलित वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका अनिल रजक र लोसपाका छोटेलाल पासवान विजयी हुनुभएको छ । निर्वाचित सदस्यहरुलाई आजै प्रमाणपत्र वितरण गरिएको निर्वाचन अधिकृतको कार्यालयल जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस