२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध परासीमा प्रदर्शन

२०७९ जेष्ठ ११, बुधबार प्रकाशित ( साल अघि) ८८० पाठक संख्या

परासी, ११ जेठ । सरकारले अचाक्ली पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बिरोध प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले संयुक्त रुपमा आज साझ परासीको बुद्ध चोकमम मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेका हुन् ।

20220525_194536

अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरे । हरेक हप्ता पेट्रोलियम पदार्थको मुल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मुल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवं नेकपा एमालेका जिल्ला सदस्य सुशान्त शर्मा घिमिरेले आग्रह गर्नुभयो ।

20220525_194053

ग्यास, पेट्रोल, डिजेल, खाने तेललगायतका वस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हर प्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजीनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष एवं नेकपा एमाले जिल्ला सदस्य युवराज डुम्रेले माग गर्नुभयो ।
मुल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई आम सर्वसाधारणकै ढाड सेक्ने काम भएकोले यसलाई स्वीकार्न नसकिने अनेरास्ववियु जिल्ला अध्यक्ष नीरज पौडेलले बताउनुभयो ।
मुल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मुल्यवृद्धि खारेज गर्न अनेरास्ववियु र युवा संघले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल आयल निगमले सोमबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस