२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सेवाग्राहीलाई मुस्कानसहित सहज सेवा प्रवाह गर्नुहोस्,कर्मचारीलाई मर्का पर्न दिन्नौँ – नगर प्रमुख अर्याल

२०७९ जेष्ठ ११, बुधबार प्रकाशित ( साल अघि) ७२९ पाठक संख्या

परासी, ११ जेठ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी नवनिर्वाचित नगर प्रमुख बिमला अर्यालले मुस्कानसहित छिटो छरितो सेवाप्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । कर्मचारीका समस्याहरु आफूहरुले समाधान गर्ने तर सेवाग्राहीलाई कुनै पनि बहानामा सास्ती दिने काम नगर्न सचेत गराउनुभयो ।
मेयर निर्वाचित भएपछि नगरपालिकाका कर्मचारीहरुसँग मंगलबार आयोजित परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै अर्यालले उक्त निर्देशन दिनुभएको हो । सुशासन कायम गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले भ्रष्टाचार तथा अनियमितता नगरी अनुशासित र ईमान्दारितापूर्वक कर्तव्य निर्वाह गर्न नगर प्रमुख अर्यालले जोड दिनुभयो ।

282279770_747111186473548_5337470299289626653_n

 

नवनिर्वाचित उपमेयर सूर्य दुवेले सेवाग्राहीले सहज रुपमा सेवा सुविधा पाएको अनुभूति हुने गरी सेवाप्रवाह गर्न जोड दिनुभयो । जनप्रतिनिधि र कर्मचारी मिलेर नै नगरको विकास, सुशासन र समृद्धि ल्याउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागि कर्मचारीहरुले शाखाका गतिविधि र अवस्थाबारे जानकारी गराएका थिए । कर्मचारीहरुले अधिकांश योजनाहरुको बजेट कम तर सम्झौता धेरै रकममा गरिएकोले कार्यान्वयनमा समस्या रहेको गुनासो गरेको नगर प्रमुख अर्यालले बताउनुभयो । नगर प्रमुख अर्यालले मगलबार नै वडा नं १,४ र ६ वडा कार्यालयको अनुगमन गरी त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ ।
वडा कार्यालयहरु अस्तव्यस्त तथा व्यवस्थापनको कमी देखिएको उहाँले बताउनुभयो । वडामा कार्यरत कर्मचारीले अभिभावकत्व पाउन नसकेको, जनशक्ति तथा फर्निचर लगायतको अभाव रहेको,नगरपालिकामा जानकारी गराउँदा सुनुवाई नहुने गरेको गुनासो गरेका थिए । नगर प्रमुख अर्याल, उपप्रमुख दुवे लगायत जनप्रतिनिधिहरुलाई मंगलबार नै सुनवल सामुदायिक सिकाई केन्द्रले सम्मान पनि गरेको थियो ।

282212467_552449123061828_4404756895070992476_n

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस