२०८३ बैशाख १२, शनिबार
24 खबर अपडेट

पार्टी हारेपछि लोसपा जिल्ला सचिव पाण्डेद्धारा पदबाट राजिनामा

२०७९ जेष्ठ ५, बिहिबार प्रकाशित ( साल अघि) १६९१ पाठक संख्या

परासी,५ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी पश्चिम नवलपरासीका जिल्ला सचिव रामज्ञा पाण्ढेले राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा पार्टीले जिल्लामा अनपेक्षित हार व्यहोरेपछि पाण्डेले नैतिकताको आधारमा राजिनामा दिनुभएको हो ।
सचिव पाण्डेले जिल्ला अध्यक्ष मुकुरजी गिरीलाई राजिनामा बुझाउँदै आफूले पार्टीका पदीय दायित्व निर्वाह गर्दागर्दै पनि पार्टीले जिल्लाका विभिन्न स्थानीय तहमा उठाएका उम्मेदवारहरु पराजय भएकोले नैतिक जिम्मेवारी लिँदै पदबाट राजिनामा दिएको बताउनुभएको छ । लोसपाले पाल्हीनन्दनको वडा नं २ को वडा अध्यक्ष मात्र जितेको छ ।

Ll

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस