२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका यादव र उपप्रमुखमा राप्रपाकी चौधरी विजयी

२०७९ जेष्ठ ५, बिहिबार प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

मोहन पौडेल
परासी, ५ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको हो ।
नगर प्रमुख पदमा निकटम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका उम्मेदवार नरेन्द्र गुप्तालाई एक हजा ५५७ मतको अन्तरले पछि पार्दै एमालेका यादव निर्वाचित हुनुभएको हो । यादवले सात हजार ८२४ मत ल्याउनुभएको छ भने गुप्ताले छ हजार २६७ मत प्राप्त गर्नुभएको छ ।
गुप्ता निवर्तमान नगर प्रमुख हुनुहुन्छ । यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुख दुवै नेपाली काङ्ग्रेसले जितेको थियो । उपप्रमुखमा राप्रपाबाट विजयी चौधरीले निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी लक्ष्मी क्षेत्रीलाई ११९ मतको अन्तरले पछि पार्नुभएको छ । चौधरीले छ हजार ५८२ र क्षेत्रीले छ हजार ४६३ मत प्राप्त गर्नुभएको रामग्राम नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
१८ वटा वडा रहेको यस नगरपालिकामा छ वटा वडा नेपाली काङ्ग्रेस,दुई वटा वडा नेकपा एमाले, तीन वटा वडा राप्रपा, छ वटा वडा जनता समाजवादी पार्टी र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
वडा नं. १ मा राप्रपाका रुद्रप्रसाद उपाध्याय, वडा नं. २ मा जसपाका नीरज रौनियार, वडा नं. ३ मा राप्रपाका उज्वल न्यौपाने, वडा नं. ४ मा जसपाका मदन यादव, वडा नं. ५ मा काङ्ग्रेसका रामवृक्ष यादव, वडा नं. ६ मा काङ्ग्रेसकै विद्यासागर त्रिपाठी, वडा नं. ७ मा जसपाका रविन्द्र यादव, वडा नं. ८ मा काङ्ग्रेसका महेन्द्र ठाकुर, वडा नं ९ मा राप्रपाका भोजनारायण यादव विजयी हुनुभएको छ ।
वडा नं. १० मा जसपाका सुरेश यादव, वडा नं. ११ मा जसपाका धनीराम यादव, वडा नं १२ मा एमालेका लोकबहादुर चौधरी, वडा नं. १३ मा एमालेका असनारायण चौधरी, वडा नं. १४ मा काङ्ग्रेसका ओमप्रकाश यादव, वडा नं. १५ मा स्वतन्त्र उम्मेदवार धनपद यादव, वडा नं १६ मा जसपाका विजय यादव, वडा नं. १७ मा काङ्ग्रेसका कन्हैप्रसाद कोईरी र वडा नं १८ मा काङ्ग्रेसकै गोपाल दिस्वा मगर विजयी हुनुभएको छ ।
सैँतीस हजार ९५ मतदाता रहेको यस नगरपालिकामा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नगरका ४९ मतदान केन्द्रबाट तीस हजार २३७ मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस