२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा कोरोना विरुद्ध सचेतना ,मास्कको प्रयोग र भौतिक दुरी कायम गर्ने आग्रह 

२०७८ बैशाख ९, बिहिबार प्रकाशित ( साल अघि) १३८९ पाठक संख्या

परासी , ९ वैशाख । विश्वभरि महामारीको रुपमा फैलिरहेको दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसबाट बच्नको लागि पश्चिम नवलपरासीको रामग्राम जेसीजले सचेतना कार्यक्रम गरेको छ ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी ,मास्क अनिवार्य दुई मिटरको दुरी जरुरी विषयमा परासी बजारमा सचेतना जगाईएको हो ।
परासी बजारका व्यवसायी र आम सर्वसाधारणलाई जेसीजको टोलिले मास्कको अनिवार्य प्रयोग गर्न,भौतिक दुरी कायम गर्न तथा आवश्यक सावधानी  अपनाउन आग्रह गर्दै मास्क तथा सचेतनामुलक पर्चा वितरण गरेको रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीले दैनिक २४ खबरलाई जानकारी दिनुभयो ।
बुधबार परासीको लोकतान्त्रिक चोकदेखि बुद्धचोक हुदै जिल्ला अदालत सम्म र पुन: बुद्धचोक सम्म सचेतना अभियान चलाईएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै स्वास्थ्य कार्यालय परासीका प्रमुख कृष्णप्रसाद पोखरेलले कोरोना महामारी नियन्त्रणमा रामग्राम जेसीजले गरेको योगदान र हातेमालोप्रति प्रशंसा गर्नुभयो । सामान्य साबधानि अपनाउन सके कोरोनालाई सजिलोसँग परास्त गर्न सकिने भएकोले मास्कको प्रयोग अनिवार्य गर्न र भौतिक दुरीलाई पालना गर्न आग्रह गर्नुभयो ।
रामग्राम जेसीजका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम – ३ कार्यबाहक वडा अध्यक्ष सुरज पाण्डे , रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य , राष्ट्रिय नाई संघका जिल्ला अध्यक्ष विरेन्द्र ठाकुर लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीजका महासचिव मोहन पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक एवं उपाध्यक्ष विष्णुराज रावको स्वागत ,कोषाध्यक्ष सुनिता अग्रहरीको आस्था पाठ र महासचिव पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस