२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावल १ का नवनिर्वाचित वडाध्यक्ष भट्टराईद्धारा मतदातालाई धन्यवाद ज्ञापन,वडावासीको भावना अनुसार अघि बढ्ने भनाई

२०७९ जेष्ठ २, सोमबार प्रकाशित ( साल अघि) ७९३ पाठक संख्या

परासी, २ जेठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.१ का नवनिर्वाचित वडा अध्यक्ष विष्णु प्रसाद भट्टराईले मतदाताप्रति धन्यवाद एवं आभार व्यक्त गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदान गरी विजयी बनाउनुभएकोमा सबै मतदाताहरुप्रति आभार व्यक्त गर्नुभएको हो ।
भट्टराई नेकपा एमालेबाट विजयी हुनुभएको हो । उम्मेदवार हुँदा पार्टीबाट आएपनि अब सबैको साझा वडा अध्यक्ष भएकोले जनताको भावनालाई आत्मसाथ गरी वडाको समग्र विकासमा केन्द्रीत हुने उहाँले बताउनुभयो । निर्वाचनको समयमा गरिएका प्रतिवद्धताहरु पूरा गर्दै जाने र वडावासीका माग र भावनालाई शिरोधार्य गर्दै जनताको सेवकको रुपमा अघि बढ्ने उहाँले बताउनुभयो ।
वडा अध्यक्ष भट्टराईले यसअघिका जनप्रतिनिधिले गरेका राम्रा कामलाई निरन्तरता दिदैँ सबैको सल्लाहले अघि बढ्ने बताउनुभयो । उहाँले आफ्नो प्यानललाई नै विजयी गराउन अहोरात्र खटिनुहुने नेकपा एमाले वडा नं. १ का सम्पूर्ण टोल कमिटी तथा पार्टीका नेतृत्ववर्ग, जनवर्गीय संगठन,अमूल्य मत दिनुहुने वडावासी, शुभचिन्तक सबैमा धन्यवाद व्यक्त गर्नुभएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%

प्रतिक्रिया दिनुहोस