२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावलमा एमालेको निरन्तर अग्रता, वडा नं ७ माओवादी केन्द्र विजयी

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) ९४६ पाठक संख्या

परासी,१ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा नेकपा एमालेले निरन्तर अग्रता कायम राखेको छ । एमालेबाट अध्यक्षमा सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन उम्मेदवार रहनुभएको छ ।
हालसम्म दुवैको अग्रता रहेको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा पाँच हजार ९७७ मत गणना हुँदा एमालेका चौधरी दुई हजार १४६ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका अनिल कुमार गौडको एक हजार २७५ मत रहेको छ ।
उपाध्यक्षमा एमालेकी हरिजन एक हजार ९१० मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काङ्ग्रेसकी उत्तमा रायले एक हजार ५४० मतका साथ पछ्याईरहनुभएको छ । राय निवर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ।
मतपरिणाम अनुसार वडा नं ७ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका ह्यात खाँ धुनियाले ९२६ मत प्राप्त गरी दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी एमालेका मनोहर यादवले ८६५ मत प्राप्त गर्नुभएको छ ।
वडा न.७ को मतगणना सकिएको छ भने वडा नं. १ र ६ को मतगणना जारी रहेको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । सात वडा रहेको सरावल गाउँपालिकामा कूल मतदाता २५ हजार ९१२ रहेकोमा २१ हजार २२ मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%१%१%

प्रतिक्रिया दिनुहोस