

परासी, ३० वैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा साढे ८० प्रतिशत मतदान भएको छ । दश मतदान स्थलका २६ मतदान केन्द्रमा आज उक्त मतदान भएको हो ।
कूल २४ हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । जसमा पुरुष ९ हजार ९१९ र महिला ९ हजार ५२२ जना रहेका छन् ।
सबै केन्द्रबाट मत पेटीका मत गणना स्थल गाउँपालिकाको प्रशासनिक भवन वेलाशपुरमा ल्याइएको र गणनाको तयारी थालिएको गौतमले बताउनुभयो ।



रमादेवी मिडिया प्रालि द्धारा सञ्चालित
कम्पनी दर्ता नं. २५५६९३-२०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३५३३-२०७९/०८०
प्रेस काउन्सिल नेपाल सूची नं. ३७०२
पान/भ्याट नं. ६०९९३३९५२
सञ्चालक/ सम्पादक : मोहन प्रसाद पौडेल
कार्यालय ठेगाना :
रामग्राम-३ परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ), लुम्बिनी प्रदेश
सम्पर्क : 9857046923,9847065224
ईमेल : [email protected]
वेबसाइट: dainik24khabar.com
संरक्षक : श्री रमादेवी पौडेल
सल्लाहकार : श्री रामजी ज्ञवाली,श्री अर्जुन क्षेत्री, श्री सन्दिप अग्रहरी
सम्वाददाता : शान्ति वि.क.,चुडामणि पौडेल, रामप्रसाद पौडेल

