२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा ३ बजेसम्म ५१ प्रतिशत मतदान

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित ( साल अघि) ६२७ पाठक संख्या

परासी , ३० वैशाख ।

पश्चिम नवलपरासीमा आज दिउसो ३ बजेसम्म ५१.२९ प्रतिशत मतदान भएको छ ।
जिल्लाका सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
३ नगरपालिका र ४ गाउँपालिका गरि सात पालिका रहेको यस जिल्लामा १२१ मतदानस्थल र २८३ मतदान केन्द्र रहेका छन् ।
उहाँका अनुसार बर्दघाटमा ४८.७८ प्रतिशत,रामग्राम नगरपालिकामा ६२.७४ प्रतिशत,सुनवलमा ४३.०८ प्रतिशत,प्रतापपुरमा ५६.२७ प्रतिशत ,पाल्हीनन्दनमा ५१ प्रतिशत ,सरावलमा ४५.१५ प्रतिशत र सुस्तामा ५५.६७ प्रतिशत मतदान भएको छ ।
सबै पालिकामा मतदान सकिएपछि आजै रातीदेखि मतगणना सुरु हुने प्रजिअ पोखरेलले बताउनुभयो ।
सबै मतदान स्थलबाट मत पेटिका गणना स्थलमा पुर्याएपछि राजनीतिक सहमति गरि आजै देखि गणना प्रारम्भ गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस