२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जनताको सेवक हुनेछु,मतदाताको शीर झुक्न दिने छैन : लक्ष्मी क्षेत्री

२०७९ बैशाख २७, मंगलबार प्रकाशित ( साल अघि) १०२४ पाठक संख्या


परासी, २७ वैशाख । नेकपा एमालेबाट रामग्राम नगरपालिकाको उपमेयर पदकि उम्मेदवार लक्ष्मी क्षेत्रीले आफुलाई मत दिने नगरवासीको शीर झुक्न नदिने बताउनुभएको छ ।
समृद्ध रामग्राम निर्माण र नगरका महिलालाई सक्षम र आत्मनिर्भर बनाउँदै विकासको मूलप्रवाहमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । नगरका विभिन्न टोलमा घरदैलो गर्दै उहाँले आफुले उपमेयरमा विजयी हासिल गरेमा न्यायीक समितिबाट न्यायको पहुँचमा नपुगेका महिलालाेई न्याय दिलाउने र निष्पक्ष न्याय प्रदान गर्ने बताउनुभयो ।
लामो समय देखि राजनीति र समाजसेवामा सक्रिय क्षेत्रीले आफू विजयी भएमा नगरवासीको शिर झुक्ने कुनै काम नगर्ने र मतदाता पछुताउनुपर्ने अवस्था आउन नदिने दाबी गर्नुभयो ।
नगरको समग्र विकासको लागि पार्टीको प्रतिबद्धता पत्र पूर्ण कार्यान्वयन गर्दै जनताको सुखदुःखमा साथ दिने र शासक हाईन सेवकको रुपमा जनताको सेवामा खटिने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%४%१%

प्रतिक्रिया दिनुहोस