२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाले पाल्ही क्याम्पसको आईसोलेसन पुनःसञ्च

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

मोहन पौडेल
परासी ,८ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड १९ नियन्त्रणका लागि आवश्यक पहल थालेको छ ।
दोस्रो लहरको कोरोना भाईरसबाट नगरवासीलाई बचाउन विभिन्न माध्यमबाट सचेतता जगाउने कार्यलाई तीव्रता दिने नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो ।
कोरोना संकट व्यवस्थापनको लागि आज नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक पनि सम्पन्न भएको छ ।
बैठकले पाल्ही क्याम्पसको आईसोलेसन सेन्टर पुन सञ्चालनमा ल्याउने निर्णय गरेको नगर प्रमुख गुप्ताले बताउनुभयो ।
बैठकले शव व्यवस्थापनको लागि उचित ठाउँको व्यवस्थापन ,मास्कको प्रयोग अनिवार्य , आरआरटि टिमलाई सक्रिय बनाउने लगायतका निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस