२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

वडाको विकास र समृद्धिका लागि मेरो उम्मेदवारी – दीपक बराल क्षेत्री

२०७९ बैशाख २०, मंगलबार प्रकाशित ( साल अघि) ७७७ पाठक संख्या

परासी, २० वैशाख । नेपाली कांग्रेसको तर्फबाट पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदका उम्मेदवार युवा नेता दीपक बराल क्षेत्रीले वडाको समग्र विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा वडावासीसँग भोट माग्दै घरदैलोमा पुगिरहनुभएका बरालले आफूले वडाको समस्या नजिकबाट बुझेकोले वडावासीको मन जित्ने गरी काम गर्ने बताउनुभयो । विशेषगरी शिक्षा क्षेत्रमा क्रियाशील बराल समाज सेवामा पनि सक्रिय हुनुहुन्छ ।
वि.स.२०५४ सालदेखि नै राजनीतिमा सक्रिय बराल हाल नेपाली कांग्रेसको जिल्ला सहसचिव हुनुहुन्छ । आफू विजयी भएमा वडा भित्र रहेको जयन्ती आधारभूत विद्यालयलाई आफ्नो कार्यकाल भित्रै उच्च माविमा रुपान्तरण गर्ने, वडा भित्रका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने योजना बनाएको उहाँले बताउनुभयो ।
वडामा रहेको स्वास्थ्य चौकीलाई प्रविधिमैत्री अस्पतालमा रुपान्तरण गर्ने, धनेवा खोला करिडोरको नामले खानेपानी ट्यांकीदेखि बिसल्ला टोलसम्म दुई लेनको पक्की सडक निर्माण गर्ने,रामजानकी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने,पनइ सन्ताउन्नमा रहेको पोखरीहरुमा सौन्दर्यीकरण गर्ने,एक टोल एक उत्पादनको कार्यक्रमलाई जोड दिने, वडामा पिछडिएका क्षेत्रहरुको लागि विशेष प्याकेज कार्यक्रम ल्याउने लगायतका योजनाहरु बनाएकोले वडावासीको माया पाउनेमा आफू विश्वस्त रहेको उहाँेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%१%

प्रतिक्रिया दिनुहोस