२०८३ भाद्र १७, बुधबार
24 खबर अपडेट

रेडक्रसद्धारा प्रतापपुरस्थित कोभिड १९ प्रतिकार्य कार्यक्रमका स्वयमसेवकलाई अभिमुखिकरण

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित ( साल अघि) १९३७ पाठक संख्या

परासी , १६ वैशाख । नेपाल रेडक्रस सोसाईटीले पश्चिम नवलपरासीिको प्रतापपुर गाउँपालिकामा स्वयमसेवक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ बाट हुने मृत्युु र संक्रमण दरमा कमी ल्याउने लक्ष्यका साथ नेपाल रेडक्रस सोसाइटीले पश्चिम नवलपरासीमा सञ्चालन गरेको कोभिड– १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने स्वयमसेवकलाई बिहीबार अभिमुखिकरण गरिएको हो ।

279217914_3283726521949655_7832431236054773892_n

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले अन्तर्राष्ट्रिय रेडक्रस आईएफआरसीको सहयोगमा सञ्चालन गरेको यो परियोजना प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा लागू गरिएको हो ।प्रतापपुर गाउँपालिको वडा नं. ७ मा आयोजना गरिएको उक्त कार्यक्रममा उक्त वडाका कार्यबाहक वडा अध्यक्ष भवानी प्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।

279373207_718167349309629_2103861716958430783_n

कार्यक्रममा रेडक्रस जिल्ला सभापति राजेन्द्र अग्रहरी, जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ता, प्रतापपुर उपशाखाका सचिव ऋषिकेश उपाध्याय, स्वास्थ्य चौकी प्रमुख सञ्जय कुमार शर्मा, रेडक्रसका संस्थापक सदस्य दुधनाथ गुप्ता लगायतको सहभागिता रहेको परियोजनाका जिल्ला संयोजक प्रमोद खरवारले जानकारी दिनुभयो ।

279235785_423745546247551_8563019896721001440_n

कोभिड – १९ विरुद्धको खोप समतामूलक रुपमा सबैको पहुँचमा हुने गरि गुणस्तरीय,सुरक्षित र सर्वसुलभ रुपमा प्रदान गर्न सहयोग गर्ने र पालिकालाई पूर्ण खोपयुक्त घोषणामा सहयोग गर्ने उद्देश्यले यो परियोजना सञ्चालन गरिएको हो । सन् २०२२ को मार्च देखि लागू भएको यो परियोजनो आगामी जुन महिनासम्म सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस