२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासीका दुई पालिकामा रेडक्रसको कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम लागू

२०७९ बैशाख ९, शुक्रबार प्रकाशित ( साल अघि) १४६३ पाठक संख्या

मोहन पौडेल
परासी , ९ वैशाख । कोभिड-१९ बाट हुने मृत्युु र संक्रमण दरमा कमी ल्याउने लक्ष्यका साथ नेपाल रेडक्रस सोसाइटीले पश्चिम नवलपरासीमा कोभिड- १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले अन्तर्राष्ट्रिय रेडक्रस आईएफआरसीको सहयोगमा सञ्चालन गरेको यो परियोजना जिल्लाको सुस्ता र पाल्हीनन्दन गाउँपालिकामा लागू गरिएको हो ।
आज परासीमा परिचयात्मक तथा समन्वय कार्याशाला आयोजना गरि परियोजनाबारे जानकारी गराईएको हो ।
कोभिड – १९ विरुद्धको खोप समतामूलक रुपमा सबैको पहुँचमा हुने गरि गुणस्तरीय,सुरक्षित र सर्वसुलभ रुपमा प्रदान गर्न सहयोग गर्ने र पालिकालाई पूर्ण खोपयुक्त घोषणामा सहयोग गर्ने उद्देश्यले यो परियोजना सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश कोभिड – १९ परियोजना संयोजक समिक्षा गुरुङले जानकारी दिनुभयो । कोभिड- १९ का कारण उत्पन्न मनोसामाजिक र मानसिक स्वास्थ्य समस्यालाई कम गर्न रेडक्रसका स्वयमसेवकहरु परिचालन गरिने उहाँले बताउनुभयो ।
सन् २०२२ को मार्च देखि लागू भएको यो परियोजनाे आगामी जुन महिनासम्म सञ्चालन हुनेछ । परियोजनाबाट ११ वर्षदेखि माथिको जनसंख्या,महिला स्वास्थ्य स्वयम्सेवक,किशोरकिशोरी , रेडक्रसका स्वयम्सेवक,विद्यालयका शिक्षक शिक्षिका,विद्यार्थी लगायत प्रत्यक्ष लाभान्वित हुने परियोजना संयोजक गुरुङले बताउनुभयो ।
लक्षित समुदायलाई कोभिड खोप लगाउन उत्प्रेरित गर्न सचेतना कार्यक्रम पनि सञ्चालन गरिने रेडक्रसले जनाएको छ ।
रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको अध्यक्षता तथा प्रदेश सदस्य हैदरअलि मोमिनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मोमिनले परियोजना सफल बनाउन समन्वय र सहयोग गर्न आग्रह गर्नुभयो ।
जिल्ला सभापति अग्रहरीले रेडक्रस जिल्ला शाखाले विपद् पूर्व तयारी तथा मानवीय सेवाको क्षेत्रमा स्थानीय सरकार र सरोकारवाला निकायसँगको समन्वयमा उदाहरणीय काम गर्दै आएको बताउनुभयो ।
उक्त अवसरमा सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल,पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,रेडक्रस जिल्ला उपसभापति कृष्ण लामिछाने लगायतले रेडक्रसको कार्यको प्रशंसा गर्नुभएको परियोजनाका जिल्ला संयोजक प्रमोद खरवारले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस