२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धी तालिम

२०७८ चैत्र २३, बुधबार प्रकाशित ( साल अघि) ५३४ पाठक संख्या

श्याम थापा

सुस्ता २३ चैत । पश्चिम नवलपरासीका सात वटै स्थानीय तहबाट प्रतिनिधित्व गरेका स्वास्थ्यकर्मीहरुलाई स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति सम्बन्धि ३ दिने तालिम रुपन्देही जिल्लाको छपिया स्थित लुम्बिनी प्यालेस रिसोर्टमा सम्पन्न भएको छ ।

प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य जन्सख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीको आयोजनामा र स्वास्थ्यका लागि सक्षम प्रणाली,फेयर मेड फाउन्डेसन नेपाल,युनाइटेड मिसन टु नेपाल,इन्द्रेणी सामाजिक बिकास मञ्चको सहकार्यमा भएको प्रशिक्षक प्रशिक्षण तालिममा पश्चिम नवलपरासीको सात वटै स्थानीय तहको स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य संस्थाका इन्चार्जहरुलाई स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको क्षमता अभिबृद्दी सम्बन्धि ३ दिने तालिम दिइएको हो ।

बि:स २०७५ सालमा नेपाल सरकारले बनाएको स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन सम्बन्धि नमुना कार्यबिधीलाई आधार मानी स्थानीय तहका स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको काम कर्तव्य र उनीहरुले कार्यबिधी अनुसारको पालन गर्ने आवश्यक निति नियमका साथ जिम्मेवारीका कामलाई कसरी अगाडि बढाउने बारे उपायहरु पूरा गर्ने उद्देश्यले नवलपरासी जिल्लाका सात वटै स्थानीय तहबाट प्रतिनिधित्व स्वास्थ्यकर्मीहरु र केही गैरसरकारी संस्थाका कर्मचारी गरि २० जनाको तालिममा सहभागिता रहेको थियो ।

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीको अध्यक्षयतामा र लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख नेत्रलाल प्रसाद अर्यालको प्रमुख अतिथ्यतामा एक कार्यक्रम गरि तालिमको उद्द्घाटन गरिएको थियो ।

तालिमको सहजीकरण लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख नेत्रलाल प्रसाद अर्याल,लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डे र स्वास्थ्य कार्यालय रुपन्देही जिल्लाका प्रमुख गौरव ढकालले गर्नु भएको थियो ।

तालिममा स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको क्षमता अभिबृद्दी कसरी गर्ने,समितिको संरचना के कति रहने गरि तयार गर्ने,स्वास्थ्य संस्था संचालनका लागि सुचना सहकार्य/समन्वय कसरी गर्ने,स्रोत व्यवस्थापन,योजना निर्माण कसरी गर्ने भनी विषयवस्तुमा रहेर छ्लफल भएको थियो ।

प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य जन्सख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा.बिकास देवकोटाले तालिमको सम्बोधन गर्दै नेपाल सरकारले बनाएको स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति २०७५ को नमूना कार्यबिधीलाई सम्पुर्ण स्थानीय तहले अध्ययन गरि पास गरि आ आफ्नो स्वास्थ्य संस्थाहरु नमुना कार्यबिधी अनुसार संरचनाहरु तयार गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रालयका सचिव डा.देवकोटाले तालिममा उपस्थिति भएका सहभागीहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने र एउटा सक्षम प्रशिक्षकको रूपमा तयार भइ स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई प्रशिक्षण दिनुपर्ने बताए ।

तालिम पश्चात् तालिमका सहभागी द्वारा तालिमको स्वमुल्यांकन गरिएको थियो स्वमुल्यांकनमा ८०% ले तालिम एकदमै राम्रो भएको र आफुहरुको ज्ञान क्षमता अभिबृद्दी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस