२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

अटो रिक्सामा अवैध काठ ओसार्ने तीन जना बासाबाट पक्राउ

२०७८ चैत्र २३, बुधबार प्रकाशित ( साल अघि) ६७१ पाठक संख्या

मोहन पौडेल
परासी, २३ चैत । अवैध काठसहित तीन जना पक्राउ परेका छन् । सामुदायिक वन क्षेत्रबाट ईजाजत बिनै काठ चोरी तस्करी गरिरहेको अवस्थामा सिसौको काठसहित तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही थालिएको हो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–१ सिमलटाँडीबाट स्थानीय बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र प्रहरी चौकी बासाबाट खटिएको सयुक्त गस्ती टोलीले आज बिहान तीन बजेको समयमा अटो रिक्सामा अवैध रुपमा ल्याउँदै गरेको सात गोलिया (२९.४१ क्युफिट) काठ र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको डिभिजन वन कार्यालय परासीका सहायक जिल्ला वन अधिकृत एवं सूचना अधिकारी डीलाराम पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा काठ ओसारपसारमा प्रयोग गरिएको लु १ स २५४१ नम्बरको अटो रिक्साका चालक यमलाल श्रेष्ठ,सरावल–१ कै विकास श्रेष्ठ र ईश्वरी भुसाल रहेका छन् । पक्राउ परेको काठ र व्यक्तिहरुलाई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा लामो समयदेखि प्रहरीकै मिलोमत्तोमा काठको अवैद्य तस्करी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस