२०८३ बैशाख १८, शुक्रबार
24 खबर अपडेट

अब बजार अनुगमन प्रभावकारी हुन्छ,कसैले गलत नगरौँ – प्रजिअ पोखरेल

२०७८ चैत्र २१, सोमबार प्रकाशित ( साल अघि) १३९६ पाठक संख्या

मोहन पौडेल
परासी, २१ चैत । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले स्वच्छ र मर्यादीत बजार निर्माणका लागि बजार अनुगमनप्रति चासो देखाउनुभएको छ । गत चैत १ गते जिल्लामा हाजिर हुनुभएका प्रजिअ पोखरेलले बजार अनुगमनलाई प्रभावकारी बनाउन चासो दिँदै आज जिल्लाका सरोकारवालासँग यस विषयमा अन्तरक्रिया पनि गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय परासीमा आयोजित बजार अनुगमन विषयक अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी पोखरेलले अब बजार अनुगमन नियमित र प्रभावकारी हुने बताउँदै कसैले पनि गलत नगर्न आग्रह गर्नुभयो । मर्यादीत व्यवसाय गरी उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन आग्रह गर्दै उहाँले उपभोक्ता ठगि गर्ने माथि कारवाही हुने बताउनुभयो ।
उहाँले जिल्लाका विषयगत सरकारी कार्यालयले बजार अनुगमनमा सक्रियता नदेखाउँदा बजार अमर्यादीत बनेको भन्दै सक्रियता देखाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभयो । साथै स्थानीय तहलाई पनि बजार अनुगमनको अधिकार रहेकोले स्थानीय तहले स्थानीय बजार व्यवस्थापन र स्वच्छ बजार निर्माणका लागि तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।

Uu1

 

कार्यक्रममा उपभोक्ता अधिकार र जिल्लाको बजारको अवस्थाबारे जानकारी गराउँदै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डेले यस आर्थिक वर्षमा जिल्लाको परासी, सुनवल, बर्दघाट लगायतका क्षेत्रमा गरी चार पटक बजार अनुगमन गरिएको बताउनुभयो ।
अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, खुद्रा कारोबारमा दर्ता गरी थोक कारोबार गर्ने गरेको, लेबल बिनाका र म्याद गुज्रेका खाद्य वस्तु बिक्री हुने गरेको, दर्ता गरेपनि सम्बन्धित निकायबाट कारोबारका लागि ईजाजत नलिई सञ्चालन गरेको, कम्पनीमा दर्ता भएको तर घरेलु कार्यालयमा अद्यावधिक नगरेको,व्यापारमा दर्ता गरेर उत्पादन कार्य गरेको,पूँजी कम देखाएर कारोबार धेरै गरेको,फ्रेस हाउस दर्ता बिनै सञ्चालनमा रहेको, सरसफाइको कमी जस्ता समस्या देखिने गरेकोले सुधारका लागि सम्बन्धित व्यवासायिक संघ संगठनले सचेत गराउनुपनृेमा जोड दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले नियमित र प्रभावकारी बजार अनुगमन हुन नसकेको बताउनुभयो । उहाँले स्थानीय तहले बजार व्यवस्थापन ऐन बनाउन नसकेको र अनुगमन पनि गर्न नसकेकोले ऐन निर्माणमा जोड दिनुभयो । कार्यक्रममा सहभागिहरुले उपभोक्ता शिक्षा प्रभावकारी रुपमा सञ्चालन गर्न जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस