२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकाद्धारा तीन कार्यालयलाई टिभी, कम्प्युटरसहितका सामग्री हस्तान्तरण

२०७८ चैत्र १४, सोमबार प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

परासी, १४ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित विभिन्न सरकारी कार्यालयलाई सञ्चार प्रविधिका सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई ५५ ईन्चको एक थान टेलिभिजन सेट हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक), प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमसहितको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई टेलिभिजन सेट हस्तान्तरण गर्नुभएको हो ।
प्रशासनको बैठक कक्षमा राखिने उक्त टेलिभिजनको माध्यमबाट सेवा प्रवाह र कार्यसम्पादनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । यस्तै भूमिसुधार तथा मालपोत कार्यालय परासीका लागि दुई थान कम्प्युटर र दुई थान प्रिन्टर प्रदान गरेको छ भने जिल्ला कारागार शाखालाई एक थान एसी र दुई थान सीसी क्यामरा हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।
ती कार्यालयको आवश्यकता र मागलाई मध्यनजर गदै गाउँपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस